Posted by: Rahuldai January 11, 2007
अद्भुत यथार्थ !
Login in to Rate this Post:     0       ?        
होइन नानु जी, लेख्न न छाडुम् है । कहिले कहीँ लेख्ने न हो, कहिले राम्रो लेखियो होला, कहिले झ्याउरे लेखियो होला । साँच्चै भन्नु पर्दा, मलाई ८ कक्षा पढ्दा सम्म आफ्नो नाम् शुद्ध् लेख्न आउंदैन्थ्यो। एक् दिन् मिस ले तं आफ्नो नाम् त शुद्ध् सङ्ग लेख्न सक्दैनस्, कसरि एस् एल् सी पास गर्छस् भन्नु भयो। हामी, पानी जस्ता शब्दको हिज्जे नि गलत् लेख्ने गर्थें। साह्रै गए गुज्रेको नेपाली थियो। दिनमा १६ घण्टा नेवारि बोल्नेको हालत यस्तो हुंदो रहेछ। तत्पश्चात्, तेहि मिसको मार्गनिर्देशन मा नेपालीको क ख सिकें। प्रयाश गर्दा के हुँदैन रहेछ र नानु जी। एक साल भित्र मलाई सामन्य नेपालीको भन्दा उच्चकोटिको नेपाली लेख्ने, बुझ्ने बनाई दिनु भो। १० पढ्दा सम्ममा त देश भरिका सबै जस्तो निबन्ध प्रतियोगिता र काब्य प्रतियोगिता हरुमा दोस्रो भन्दा तल को पुरस्कार् जितिन। हाम्रो जमाना मा एस् एल् सी मा नेपाली बिषय मा ८० अंक पार् गर्ने सयद् पहिलो दोस्रो नै हुनु पर्दछ। त्यो साल् को भने नेपालीम सम्भवत सर्बप्रथम् नै हुनु पर्छ। नानु जी, यसलाइ राहुल् भाइ दम्भ न भनि दिनु होला, केवल् मेरो अनुभव भनुम् कि गति दुर्गति तपाई सङ राखेको मात्र हो। प्रयाश गर्दा के हुँदैन, लेख्दै गर्नुस्, निखृंदै जाने छन्। चरेश् खानु तर हरेस न खानु भन्छन्, होइन र।
Read Full Discussion Thread for this article