Posted by: Birkhe_Maila January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
कता अनमरिए फेरि सपैजना!! एसो मेसो मेलो मिला'र बात मारुम भुनेर आओ बल्ल बल्ल, एउछिन चौतारिआच देखिन्छन अनि सपै लाखा पाखा लाउछन्। कता जाने हुन? क्यार्ने हुन यिनिहरु? बुडा खाँडा त कोइ देखिन्नन आज! पुन्टे बुडा, ठुल्दाई कता लागे कुन्नि? न ओछ्यान परे कि? एउ जाना यो बुडेसकालाँ चिलिम तानेओ तानेए अर्छन अर्का धोबोनीको तिनपाने भेटे भुने घ्याम्पै रित्तामछन्। यिनलाई बेथा लाउन के को आइतबार!! आइतबार ग्वाँचे शहराँ जान्छु भन्तो, दौराको लुगो र तमाखु ल्याइदिन्थो कि भनेओ त्यो नि बेपत्ता भओ! च्व..च्व....बिचरोलाई चटारोमा कामको। तेत्रो घरको सर्जाम सपै आफेँले मिलाम्छ बरा! सोस्तानिओ सर्जाम मिलाइदेऊन बुडा भन्दै थि जिम्मालनि, आफुलाई घाममा ढाड सेका'र अल्छि भ'र केइ नगरि बस्न मुनलाईरा'छ। ढाड त तेति दुखओ छैन यो बर्ख, नरदेविको बइधेओ ओखति मजाओ रेछ। जम्मा ४ बाजि लगा' हो ढाड दुख्ने बेथा त च्वाट्टै पारो गाँठे! ४ बाजिमा एसेल्सि पास भओ रे हाउँरो कुम्लेओ भतिजो। केटो राउँरै पड्छ झै लाया थो, यि गाममा अचेल झुल्केका उरनठेउलोहरुको संगत अरेछ बिउरेर गओ तो पनि। जे होस मोरो पास चाइँ भओ। एसेल्सि पास अर्नेलाई शहराँ जागिर लाइदिने जिम्मा मेरो भो भनेर फलाक्तै थो भाउते, तेल्ले केइ गरिदेला कि?
Read Full Discussion Thread for this article