Posted by: Hi_nanu January 11, 2007
अद्भुत यथार्थ !
Login in to Rate this Post:     0       ?        
शिव प्रकाशजिको साहित्यिक् चौतारिमा म पनि एउटा भारि बिसाउन आइपुगेको छु।शिवजि,राहुलदाइ हरुको अगाडि मेरो प्रयाशलाइ पस्कु कि नपस्कुँ। अनि शिव प्रकाशजिको खुट्टाभए जुत्ता हजार भन्ने कुरा बिर्सिए झैं लाग्छ कुरो चाहिँ पचाउन मलाइ पनि गरो भो है। क ख ग घ गर्दै कोरेको त्यो कालो पाटिलाइ बिर्सेको छैन मैले ए,बि,सि,डि भन्दै दौडेको त्यो धुलोलाइ बिर्सेको छैन मैले त्यो गाउँको छानो अनि,चामलको मानोलाइ बिर्सेको छैन मैले ठुलाको आदर,सानालाइ माया भन्ने मेरो गुरुलाइ बिर्सेको छैन मैले क्रन्तिको त्यो उद्ग्घोश्,अनि सडकको गुन्जनलाइ बिर्सेको छैन मैले तर आज खोइ मेरो कालो पाटि हरायो कि म दौडेको धुलो उड्यो कि मेरो गुरुको आवाज सुक्यो कि क्रान्तिको बाटो बद्ल्योकि नबिर्सेका सबैकुरा हराए झै लाग्छ जिन्दगिले आफै बाटो बिराए झै लाग्छ किन किन कहिं केहि हराएँ झै लाग्छ सरलताले आझ यहाँ मुन्टो घुमाए झैँ लाग्छ
Read Full Discussion Thread for this article