Posted by: shirish January 10, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
यस्तो पो हुनु पर्छ गजल भनेको ! नेपेको लेखाईको देखासिकी गर्छु होला ! बष्टनमा हुने भनेको साहित्यिक कार्यक्रममा यो गजल पाठ गर्ने अनुमति पाम् ! सामुन्ने छिन् मायालु, अझै कुरिरहेछु म ! दूरी जमिन हैन रे'छ, आफै दूरी रहेछु म ! आंखा पर्दा नुहें, पिठ्युँ पर्दा घुरिरहेछु म सुरक्षित दूरीको पो बहादुरी रहेछु म ! मनोरञ गुड्ने राजमार्ग कै'ले पुरा होला एउटा खाल्डो खनी अर्को पुरिरहेछु म ! जहांको तहीं छु अझै, यस्तो त होईन कतै ब्यायामी धावन पेटीमा दगुरिरहेछु म ! म निर्णायक मायाको सुनामी हुं भन्ठानेको भदौरे घाम, माघे ठण्डी, चैते हुरी रहेछु म !
Read Full Discussion Thread for this article