Posted by: ramprasadneupane January 8, 2007
रामे को america अनुभव्!
Login in to Rate this Post:     0       ?        
आदर्णीय पाठकज्यु हरु! कुशल रही कुशलताको कामना गर्दै, नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना टक्र्‍याउदछु । बिशेष कुरो खाशै केही छैन । उहि त हो । america को कुरो ! बिहान आधा निद्रामा उठ्यो, दाँत माज्या जस्तो गर्‍यो, चिया खायो, हिजो बेलुकिको खानेकुरो पोको पर्‍यो, अनि काम तिर स्वाँ फ्वाँ गर्दै दगुर्यो । काम गर्या जस्तो गर्‍यो, सके सम्मा ४ वटा ब्रेक लियो, चुरोट् खानै पर्‍यो, नेपालमा क्याम्पस पढ्दा देखि लाग्या बानी ! बेलुकी सके सम्म छिटो घर पुग्यो, २ टा बियर हुसुर्यो, उहि बासी भात भुट्यो, एक छिन् ईन्टरनेट चलायो, फिलिम हेर्दै सुत्यो, भोली पल्ट उहि हाल ! christmas नि तेस्तै बित्यो, अली बढी जाँड खाइयो होला, new year त मेन् बहाना भै गो नि ! म नेपाली हुँ भन्ने प्रमाणित गर्न new year eve नै चाँहीने रैछ, २ तारिक काम मा जादा, कन्चट् दुखेर खपी नसक्नु थियो !देब्रे पट्टी को कन्चट् को नशा टन टन दुख्या दुख्यै ! त्यसमाथि बिहान को ट्राफिक मा कनचट मै घाम पर्दा कम्ती रिश उठेन ! न कोही सँग बोल्न मन लाग्ने, न केही सुन्न मन लाग्ने भन्या । एफएम सुन्यो, फुटाल्दिउ जस्तो लाग्ने भन्या ! खैर्, यि तथा यस्तै अन्या बिबिध काराण हरु ले गर्दा रामे को कथा लेख्न पाकोथिइन! रिसानी माफ होश्! यस पटक chinese को मा san miguel भेट्या थिए, दङ परेर धोक्नु धोकियो ! तेसै ले टाउको दुखा जस्तो छ !
Read Full Discussion Thread for this article