Posted by: Birkhe_Maila January 7, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
विवसजी, यो मदिराको सहारा भन्नु मात्र रहेछ! केहि बेर साथ दिने अनि पहिला भन्दा पनि अँद्धयारोमा छाड्ने! त्यसैले यसको विकल्प खोज्न थालेको म त :) एउटा गन्थन पस्कन लाएको- तिम्रो मुस्कान- म; उन्मुक्त आफैँमा, केहि लट्ठिएर, केहि मात्तिएर, तिमीलाई हेर्दा- तिम्रो ओठ बाट एउटा मिठो मुस्कान, फक्रँदै गरेको फूल जस्तो बिस्तारै फक्रन्छ! सबै मदहोश!! सबै प्रफूल्ल!! सबै कोमल!! हिजोको त्यो कालो अत्यास लाग्दो पर्खाल, केहि आत्तिए झैँ, केहि बत्तिए झैँ, अचानक केहि मक्किएर बिस्तारै मेरो अगाडि भत्किँदै, समथर भएको देखिन्छ! लामो त्यो भारि पर्दा, केहि फर्फराए झैँ, केहि तर्किए झैँ, क्रमश फाट्टिँदै खुल्ला भएर उघ्रिएको देखिन्छ! मेरो बहाव रोक्ने हरेक बाँध, केहि चर्किए झैँ, केहि पग्लिए झैँ, आफैँमा लाज मानेर खुल्ला नदी बनिदिन्छन! मेरो आँखामा बर्षौँ तैरिएका जालोहरु, बुनिएका बाटा पहिल्याउँदै, केहि सुल्झिए झैँ, केहि मेटिए झैँ, एक एक गर्दै सबै फाटेर खुल्ला खुल्ला भइदिन्छन्- र मेरो अगाडि केवल पवित्र तिम्रो मुस्कान हुन्छ! जिवनको मिठो आधार हुन्छ!!!
Read Full Discussion Thread for this article