Posted by: CaMoFLaGeD January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
"ए कुमलवा भैया, एकछिन यता आउनुस्" गाउँमा हजामत गरेर हिड्ने लछुमनियाले मलाई बोलायो। लछुमनिया, हाम्रो हजाम के!!, निकै निरास थियो। मलाई अचम्म लागेर आयो किन निरास भएछ भनेर सोध्न मन लाग्यो। "किन नि लछ्छु, के सार्हो झोक्राको हौ तिमी?" मैले उसको पिर बुझ्ने कोशिस गरेँ। "कि कर्नु कुमलवा भैया, एकदम बिजिनेस चौपट छ, घरी घरी म सोच्छु कि रौतहट नै फर्किउँ" निकै निरास भएर उस्ले भन्यो। "हत्तेरी! यस्तो कुरो नि गर्छन्। गाउँको एक्लो हजाम तिमी। सबले तिम्रैमा आएर कपाल दारी काट्छन् अनि के को मन्दी छायो र तिम्रो बिजिनेसमा?" मैले फेरि उस्लाई सोधेँ। "तपाईँ कुरा गर्नुहुन्छ। मेरो बिजिनेसको पोलिसी छ, कि म एउटा काम घाटा खाई खाई करिदिन्छु और दुस्रा मे फाइदा लिन्छु।" उसले कुर्सी तानेर मलाई बसाउदै भन्यो। "ओहो! के मा फाइदा लिन्छौ नि लछ्छु?" मलाइ बुझ्ने इच्छा भयो। "अब हेर्नुस, जब म कपाल कटाएको हुन्छु, तब कपाल कटाउनेको दाडी भि काट्छु। उस्मे मलाई के छ, कपाल मे मिहिनेत बढी पर्छ और दारीमे थोरै। त दाडीमे फाइदा हुन्छ और कपाल मे खर्चा पानी अलि अलि उठ्छ।" उस्ले मलाई बिजिनेस सिकाउन थाल्यो। "लौ कपाल काट्दा नि तिमीलाई त फाइदा नै हुन्छ नि" मैले उस्को कुरो बिस्वास गरिन। "अरे! सबै पून्टे दाई जस्तो कहा हुन्छ? निस दाई आउनुहुन्छ और १ घन्टा सम्म कटाउनुहुन्छ और लास्ट मे फिर से एक इन्च छोटो करिदेउ भन्नु हुन्छ। त मलाई पुरा दुई जनको कपाल बनाए जस्तै भएन?" लछुमनिया त्यसरी जङ्गेको मैले देखेको थिइन। "ल ल तिम्रो बिजिनेस त बुझेँ तर अहिले कसरी मन्दी आयो नि?" मलाई त्यत्ता तिर बुझ्ने इच्छा भयो। "अरे सुन्नुस्! आजकाल सबै दाईहरु कपाल काट्ने को लागी आउनुहुन्छ और मज्जाले काट्नु हुन्छ, पर दाडीको कोहि कुरै कर्दैन। अस्ती पून्टे दाई आउनु भएथ्यो कपाल कटाउन, पहिले पहिले उहि छुराले उहाँको कपाल और दाडी बनाउथेँ मलाई डबल फाइदा हुन्थ्यो यो पल्ट कपाल मात्र बनाउनु भयो और दाडी बनाउनु भएन।" निकै निरास थियो बिचरा लछुमनिया। "किन यस्तो गरेको होला पून्टे दाईहरुले? तिमीले सोधेनौ त?" भन्दै मैले अरु कुरो चाख लिएर सुन्न थालेँ। "खोइ दाई! के कुरा कर्नु? और फिर तपाई सङ्ग के कुरा लुकाउनु? जबसे सिरे दाई आउनुभएछ और साथ मे उहाँको दाडीको इस्टाईल आएको छ गाउँमे, सबै जना दाजुहरु दाडी राख्ने और जुङ्गामात्र बनाउनु हुन्छ। जुङ्गामे कति पैसा माँग्ने? बेकारमे मेरो मिहिनत मात्र जान्छ।" बिचरा खूब पिरमा परेको रहेछ भनेर उसलाई हेर्दै म नि चिन्तित भइरहेको थिएँ। त्यत्तिकैमा उत्ता बाट हाम्रा दर्जीदाई हस्याङ फस्याङ गर्दै हिड्दै रहेछन्। उनलाई त्यसरी हिँडेको देखेर मैले सोधेँ, "ए दर्जी दाई! कता हो त्यस्तो हत्तार गरेर?" मलाई हेर्दापनि नहेरी उनले कराउँदै दौडिए, "क्यार्नु! मिस, तितौरी, सान्नानी र ठुल्नानी भएर मलाई एकथान कालो कपडा दिएर गएका छन, जमुनी भाउजुको जस्तो लुगा सिउनुपर्यो रे। त्यहि लुगा हेर्नलाई जमुनी भाउजुको घर हिँडेको नि। भोली सम्ममा सक्नुपर्ने रे"। समाप्त :पि ================================== दादा: मैले त्यो प्रचण्डलाई चिठ्ठी चौतारीमै लेखेको छु नि। चौतारी भित्रकै अर्को थ्रेड हो नि। अनि जाँदा जाँदै सबैलाई सन्ध्याकालिन नमस्ते!! आज कसैको ५० डलर बचाउनु थियो। क्या गार्हो!! :पि
Read Full Discussion Thread for this article