Posted by: once in a while January 4, 2007
Who are Nagrik Samaj????
Login in to Rate this Post:     0       ?        
अरे इमि, कस्तो तिमी, कुरै नबुझ्ने । peace चाँहीन्छ भन्छौ, फेरी माओहरुलाई देखि सहन्नौ । अन्तरिम संविधान जारी नभए सम्म माओहरुलाई सरकार मा संलग्न गर्न सकिन्न । उनीहरु सरकारमा नाअए सम्म उनीहरुको युद्ध सकिदैन, युद्ध नसके सम्म peace आउने कुरै भएन । त्यही भएर आलेटाले हुनु भएन, छिट्टो अन्तरिम संविधान जारी हुन परो, माओहरुलाई मन्त्री-सन्त्री दिन परो, अनि देशले अलि शान्तिको श्वास फेर्न पाउथ्यो कि? नागरिक समाजले भनेको यही होइन र । रह्यो उनीहरु नगरिकहरुका प्रतिनिधि हो कि हैनन भन्ने कुरो, त्यो त जनताले मुल्यांकन गरी हाल्लान । माओहरुले पछि के गर्लान भन्ने कुरो पछि नै थाहा हुन्छ तर उनीहरुलाई अहिले झुलाईराख्ने हो भने तिनीहरु फेरी बहुलाएर जंगल पसे भने के गर्ने? झन बर्बाद हुंदैन र राजा? त्यसैले अहिलेको महत्वपुर्ण काम् भनेको माओहरुलाई हतियारबाट मुक्त पार्नु हो। तब न देशमा शान्ती आउँछ। भोली चुनाव हुने नै छ, अहिले कसैले फुंई देखाउन पर्दैन, चुनाव को कसीमा सबैले घोटिनै पर्नेछ । democracy को अरु कुनै विकल्प छैन । चाहे त्यो निरंकुश राजतंत्र होस् चाहे त्यो कम्युनिस्ट अधिनाएकबाद होस्, सबै पराजीत हुने छन ।
Read Full Discussion Thread for this article