Posted by: once in a while January 4, 2007
Who are Nagrik Samaj????
Login in to Rate this Post:     0       ?        
नागरिक समाजका अगुवाहरु ले NGO चलाऊंछन, जागीर खान्छन् वा कुनै उध्योग् ब्यवसाय गर्छन्। जीविकाको लागी केही न केही त गर्न परो नि राजा। उनीहरुको स्वर माओबादी संग मिल्यो रे? हिजो प्रजातान्त्रीक कालमा (2046-2060 B.S)तिनीहरुले नेका,एमाले,राप्रपा हरुका कार्यकर्ताहरु अनि प्रहरीका पिउसाहरुलाई घुत्रुक् घुत्रुक् पार्दा र गिरिजाले आर्मी परिचालन गर्न खोज्दा, माओबादी पनि नेपाली जनता हुन्, यसको समाधान आर्मी प्रयोग गरेर हुंदैन भन्ने, राजाका भाटहरु सच्चिते, रमेश पाण्डे अझै छन। माथिको आदेश भनेर होलेरीमा घेरामा परिसकेका माओबादीका नेताहरुलाई आर्मीले त्यत्तिकै छोडिदियो। दरबार हत्याकाण्ड पछि बाबुराम भट्टराईले, राजा बीरेन्द्र र हामी बिच एकता थियो भनेर भने । हिजो चांही प्रजातन्त्रलाई असफल तुल्याउन राजा र राजाबादीहरुले माओबादी सँग चोचोमोचो मिलाउन हुने, आज माओबादीहरु प्रजातान्त्रिक धारमा आईसके र सात दल र माओबादी बिचको सहमती कार्यन्वयन होस्, अपराधीहरुले छूट नपाउन भनेर नागरिक् समाजका मान्छे हरुले भन्दा उनीहरुले कम्युनिस्ट को भाषा बोलेको हुने? तर पछिल्लो निर्वाचनमा खसेको संपूर्ण मत गन्दा कम्युनिस्टहरु नै बढी भएको कुरा बिर्सियो तिमीले? भलै बिस्वमा कम्युनिस्टहरु हराएर गैसके र कम्युनिस्ट दर्शन बिस्वमा पुरानो भैसक्यो तर नेपालमा राजा र सामान्तहरुको अवशेष रहेसम्म कम्युनिस्ट हरु रही रहनेछन ।
Read Full Discussion Thread for this article