Posted by: gaalab January 4, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हे अगस्त्यमूनि! तहाँ उप्रान्त पुन्टेले धोबिनीको पसलछेउको चौतारोको डिलमा उठेर "हे भउते! तँ पापिष्ट दिन दहाडै मेरा सालीको कोठामा पस्नी! तँलाई म श्राप दिन्छु। तँ हाम्रा गाउँदेखि २ कोशपर पनि जान नसकेस्" भनेर कराउँदा भए। गैरीको पसलबाट बस चढी पोखरातिर अलपिने बिचार गरेको भउतेकाजीका मनमा ढ्याँग्रो ठोक्न थाल्यो। गैरीका पसलमा दिउँसो २ बजेको बस कुरेको बस नआएर भउते हैरान हुँदाभए। बस आउला भनेको त त्यसपछिको मिनिबस आइपुग्यो। मिनिबस भने नि चढुँ भनेको त ड्राइभरले रोकेन। त्यसपछि चितउनतिरबाट मुर्रा भैंसी बोकेर ल्याएको ट्रकमा चढ्छु भनेको त भैंसीले हानेर भूईंमा लडाइदियो। ट्रक नभए मिनि-ट्रक भने पनि चढुँ भनेको मिनि-ट्रकमा लोड गरेको, गिटीमा चिप्लिएर रोडमा लड्न पुगे। ट्र्याक्टर आएको देखेर ट्र्याक्टरै भने पनि चढ्ने प्रयास गर्दा भउते चढ्नी बित्तिकै बाटोछेउको ठुलो ढुङ्गामा ट्र्याकटर ठोकिएर फेरि बाटोमा लड्न पुगे। पछि चेष्टा आउँदा आफैंलाई ढुङ्गो जस्तो पाए। उता जुरेली चाहिं "पुन्टेभेनाको पञ्जाबाट भउतेकाजीलाई फुस्काइपाउँ, मेरो भउते चाँडै घर फर्की आएस्, भउते पोई पाऊ" भनी, सुटुक्कै हात गोडाको नङ् काटी,अष्टोत्तर शय बेली पुष्प, अष्टोत्तर शर रोटी, अष्टोत्तर शय बिजुली खैनीको सरदाम तयार पारी मर्दीको तिरमा नित्य मध्यान्हकालमा मर्दी खोलाको कन्दरामा श्रीस्वस्थानीको पूजा गर्दी भइन्।
Read Full Discussion Thread for this article