Posted by: Gautam B. January 4, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
कुन सट्को-कुन सट्को भउतेले जमुनीका आरापी लुगा फुत्काएछ हिजो। अनि बुर्काले मुख छोपेर जुरेलीका कोठाँ पसेछ। अब जमुनी त होली भनेर धोबिनी भाउजुले पनि तेत्ति मतलब गरिनछन्। भउते एक-दुई घण्टा कति बसेर गईहाल्यो के रे। पछि धोबिनी भाउजु के काम परेर जुरेलीका कोठाँ पसेकी, चुरोट-चुरोट गनाम्छ रे! "हैन ए बजिनी, तैंले पनि बाजा बजाउन थालिस्, तँ-ल्लाई----!?" भनेर हप्काउन थालिछन्। एकछिन त जुरेली पनि घोप्टेमुण्टो ला'र चूप ला'र बसिछ के रे, तर कूचै खानी बेला भ'सी भने "भउते काजी आ'थे अघि!" भनरे भनिछे। अब बाठी धोबिनी भाउजुले ते्त्तिमै कुरो बुझिहालिन्, झन रिसले मुर्मुरिएर "ए! अझ तेसो पो! तँल्लाई बेज्जती, नकचरी--" भनेर चार-पाँच कुचो हानिहालिन् जुरेलीलाई। जुरेली सुँक्क-सुँक्क गर्न थाली, धोबिनी भाउजुचैं पुण्टे दाइलाइ कुरा लाउन गइन्। 'त्यास्स्या--मा पातकी साला, तेल्लाई---' भनेर पुण्टे दाइ हान्निएर हिन्याछन् रे कुरा सुनेपछि। गाममा फेरि एउबाजी रमाईलो होला जस्तो छ है गाम्ले हो! रमिता हेर्न पाईनी भ' छ!
Read Full Discussion Thread for this article