Posted by: once in a while January 3, 2007
Who are Nagrik Samaj????
Login in to Rate this Post:     0       ?        
नागरिक समाज भनेको कुनै पनि पार्टीसँग संबद्धता नभएका, बिभिन्न पेशा र फांटबाट आएका स्वतंत्र बुद्धिजीवीहरुको एउटा समुह हो जसले जनताको पक्षमा दवाव सिर्जना गर्दछ । त्यो दवाव हिजोको निरंकुश शासनको बिरोधमापनि थियो र आज जनाअन्दोलनबाट प्राप्त अधिकार संस्थागत होस्, अपराधीहरुले उन्मुक्ती नपाउन भनेर वर्तमान सरकारलाई पनि खबर्दारी गरि रहेको छ। उनीहरुले कम्युनिष्टको भाषा बोलेको पनि होइन र उनीर्हरुलाई कांग्रेसको भाषा बोल्नु पनि छैन, निरंकुश राजाको पक्षमा त बोल्ने कुरै आएन। राजनैतिक दलका नेताहरुलाई जस्तो उनीहरुलाई मन्त्री, जिएम्, राज्दूत पड्काउनु पनि छैन।उनीहरुको कुनै स्वार्थ छ भने एउटै हो, देशमा शान्ती स्थापना होस्। जनताले आफ्नो उद्धोग धन्दा, रोजगार् गरेर जीविकापालन गर्ने शान्तीपुर्ण अवस्था होस्। यस्ता ब्यक्तिहरुको बिरुद्धमा तिमी किन खनिन्छौ?
Read Full Discussion Thread for this article