Posted by: Nepe January 3, 2007
ganatantra ko geet....
Login in to Rate this Post:     0       ?        
Now that I am into the history of Sajha, I would like to share one moment of pure joy, ecstasy if you like. Of course, it wasn't political. It was a literary moment. And a joy of reading a powerful and beautiful piece of poetry. A fellow poster, Noname, had posted a poem titled "Banda Sanbhavanaharu" (locked up prospects ?). And these were my remarks: A peerless, superlative piece of meaningful art. A masterpiece. I don't remember when did I see last time yati uchchha koti ko kavita. You have put the whole of our contemporary history in a tiny time capsule without a single corrupted letter. Thousands years later, we will be reading our history in your poem in full. Thread:Banda Sambhavanaharu 18 March 04 - http://www.sajha.com/archives/openthread.cfm?threadid=14481&dsn=sajhaarchive Here are other similar comments: "a timeless piece." (Gokul) "has ability to produce memorable quotable quotes." (Biswo) "Beautifully expressed!" (Sitara) "Last poem I read this beautiful was Ishwor Ballav's "Uttargami Megh haru"" (nsshrestha) The image file of the poem is missing from the archive. So, here is it from the poet himself (I managed to get it from him just yesterday) सन्दूकमा सम्भावनाहरु मैले सुनेको छु बन्द सन्दूकमा थन्किएका छन् प्रशस्त सम्भावनाहरु । मैले देखेको छु बन्द सन्दूकभित्र उकुस-मुकुस सम्भावनाहरु । ति सम्भावनाहरुलाई म के गरौं ? अचार हालेर भोज खाँउ ? पिङ हालेर दशैं मनाँउ ? भुटेर भोजन बनाँउ ? उनेर हार लगाँउ ? कि ठटाएर सङ्गीत सुनौं ? रक्ताम्य छ मेरो आँगन पखाल्न सकिन्छ त्यहाँ सम्भावनाहरु पोखेर ? नाङ्गो छ मेरो घरको धुरि टाल्न सकिन्छ सम्भावनाहरु बटुलेर ? चुल्हा-चौका बल्दैनन घरमा भोक मेटिन्छ सम्भावनाहरु चपाएर ? सम्भावनाहरु उन्नति होइनन् बन्द सम्भावनाहरु चुनौति हुन् । कोहि लुट्न आँउछन् कोहि लुटाउन आँउछन् म सम्भावनाहरु टकटकाउछु ओल्टाइन्छन्, पल्टाइन्छन् तिनै सन्दूकहरु किनकि, बन्द छन् सम्भावना हरु । सम्भावनाहरु सन्दूकभित्रै हुर्किए, फक्रिए कति त त्यहिँ मक्किए तर सम्भावनाहरु बन्द नै रहे बन्द सन्दूक भित्र सडिरहे । केहि सम्भावनाहरु बाहिर पनि निस्किए आश बनेर डुक्रिए, उफ्रिए र थच्चिए तर, व्यथाहरु व्यथै रहे घाउहरु चह-याई रहे सम्भावनाहरु र्व्यर्थ र्व्यर्थ नै भए । मेरो आश अझ एउटा सन्दूकमा अडिएको छ त्यो सन्दूक जहाँ सम्भावनाहरु थुनिएको छ सन्दूक खोलेर हेरेको छैन अब बाँकि पनि केहि छ कि छैन तर, मैले देखेको हुँ कैद छन् सन्दूकमा थुप्रै सम्भावनाहरु । Noname १८ मार्च २००४
Read Full Discussion Thread for this article