Posted by: Poonte January 3, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
खुब संग जिम्मालको सेखि झार्न छ भुनेर अरपे पैसो को धाक देखाम्दै हिंडि र'का ति सिरे, हिजो साँझ त नून खा'को कुखुरो झैं अरि झोंक्रा'र बसि रा' भेटें। म भन्दा नि चाँडै पुगे र'चन के रे धोबिनी काँ। "ए धोबिनी! भर्खर बिदेशाऽट आ'को सिरेलाई ठगुम् भुनेर के बिध्न ख्वाईस् र हो? कठै, मुन्टो उचाल्न नि सके छैन," भनेको। "तेरिम्याऽऽऽऽ पुन्टे! कुरो सुरो नबुझी नझम्टेऊ है अरुलाई! येई सनासोले गर्धन न्ङ्याकि दिम्ला!" भुनेर च्याठ्ठी धोबिनी त! दुई ट्वाक मत्र खा'को रे। तो भुन्दा बढी न रउसी माग्च, न खाना। तेत्ति के झोंक्रा'र बसेको बसै छ भनेर जनकरी दिई के रे धोबिनीले। नजिकै गएं। पुलुक्क हेरेर, "नमस्ते दाजी" भन्च, अनि फेरि भित्तै तिर एकोहोरो टोल्लिन्च। सुनेको थिम् के रे, अरपे चुरोट सुरोट नि छ भनेर, मागें। एउ खिल्लीको आस अरेथेम् के रे, दाजी नै राख लौ भुनेर प्याकेटै दो! थिमी नि सल्काऊ न भन्दा, नाई भन्छ। के र'च कुरो रहेस्से भुनेर कुरो कोट्ट्याम्न थालें। उनकी जमुनीलाई अरपे साप'नीको पहिरनाँ देखेर गामको सबै गाई वस्तु भागे रे, गाम्लेहुरले नि किच्कन्नी ठानेर तर्से रे, उनको रिस त जिम्माले माथि मत्र थो, के आईला'गो, दाजी, सपै गाम्लेहुरसंग पो दुस्मनी हुन लाओ भुनेर रोला रोला झैं अर्च! "ह्या, तेस्ता कुराँ नि चिन्ता लिन्छौ, सिरे पनि! नयाँ फेसन आम्दा शुरु शुरुमा तेस्तै हो के रे, बानी परेसि सबैले तिम्लाई तेई लुगा मगाम्छन्, हेर! अनि त बिजनिस अर्न नि हुन्छ, बरु हामी नि मिलम्ला तो बेलाँ" भुनेर सम्जाएं। "कुरो अरु पनि छ, दाजी...अरप छँदा ईस्क त मारेको हो के रे, तर मुसलमानहुरले गर्धन रेटिदेलान् भुन्ने डरले आँट्न सकिन। अब तेई अरपे अईमईहुरको तिर्सना मेट्टाम्ला गाम मै भुनेर जमुनीलाई एक सरो तो लुगा ल्याईदेको। हुन पनि तो लाम्दा, अर्कै राम्री देखिनि जमुनी पनि, हो कि हैन, भन त दाजी?" हुन त आफूलाई नि तो नाक मुखै नदेखिनि लुगाले पुरै ज्यान ढाक्दा दिम्सै पुनि किचकन्नी हिन्नी जमाना आईछ जस्तो ला'थो के रे, तर झोंक्रा'को सिरेलाई के भन्नु तेस्तो भुनेर "हो, हो, सिरे, हेर्दै सुम्सुम्याउँ लाउनी कस्तो राँरो डिरेस भन्दिएं।" "अनि सुन्नुस न, दाजी, हिजो साँझ बल्ल बल्ल भउते जेठानको हातबाट फुत्किन पाईछे, अनि मलाई नै भेट्न भुनेर तो डिरेस ला'र आई तो सेतीको बगरै। एउटो ठुलो ढुङ्गो पछाडी लुकेर चईनि २ साल भरिको बात मारम पेट भरि भुनेर लेगें। जमुनी त बोल्दै बोल्दिन बा! एउ सउद मुखाँऽट फोडे मरिजाम् ल!" "कठै, २-२ साल पछि भेट भा'को, क्यारुम्, कसो अरुम् भ'र लाज मानी होली नि त! कि फेरि अरु संगै रंगिन थाली छे र हो?" "के हो के, बोल्दै बोलिन, दाजी। अन्खेरुन सायद तो अरपि मेम साहिबाको डिरेस उनलाई मन लाइन छ के रे भन्ठारे, "तिमी नबोल्नी भए बरु यो बुर्का नि मिल्काईदिन्छु, अर्को पाली आम्दा जिनसको पईन्ट ल्याईदिन्छु " भुनेर बुर्का उतारेको त... नारयण परभू! यो ज्यानको किरिपा भएन तो बखत! टुलु टुलु बालडेङ्ग्रे आँखा च्यातेका...ङिच्च दाँत देखा'र...गोमन फुल्लेको झैं अरि नाक फुल्ला'को...भउते जेठान पो!
Read Full Discussion Thread for this article