Posted by: Gautam B. January 3, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
लालेकाँ बसेर बात मारिदै थियो, जिम्मालका तिर हल्ला-खल्ला सुनियो। "ए! समात्, समात्!!--" "ल ल ल, भैसी पनि फुत्क्यो!--" भनेर जिम्माल कराम्दै थिए। एक घण्टा अघिसम्म त सिरे आ'र कल गर्दै थ्यो, पछि पुण्टे दाइले कता ले'र ग'थे। सिरे फेरि आ'र जिम्मालको गोठ लुट्न थालेछ कि क्या हो भनेर जिम्मालकाँ गयौँ म र लाले। "के भयो जिम्माल--? किन घोक्रो फुला'छौ? " भनेको, "के के भ' भन्नु तिमी --ठाहर्लाई?! अघि पोईचैं आ'र मसंग तेस्सै बाजेर ग', अहिले स्वास्नीचैं आ'र गाई-भैंसी बिच्का'र गई---" भनेर जिम्माल गाई-भैंसीका पछि दौडिन थाले फेरि। कुरो बुझ्दा, 'गाई-वस्तु गोठका गोठै भ' धेरै भ, बाहिर निकाल्नु परो, घाम राम्रो छ आज,--' भनेर जिम्माल्नीले आँगनाँ गाई-भैंसी निकालेकी र'छिन्। सिरेलाई खोज्दै जमुनी भाउज्यू जिम्मालकाँ पुगिछन्। बुर्का ला'र तालुदेखि पैतालासम्म गम्लङ्ग कालो कपडाले छोपिएकी जमुनी भाउजु आँगनाँ के पुगेकी थिन्, जिम्मालका गाई-भैंसी सप तर्सेर उफ्रिन थालेछन्। "हाम्रा बूढालाई देख्यौ जिम्माल्नी'याँ?" भनेर जमुनी भाउजुले सोध्दा "तेरा बूढालाई हेर्नी ठेक्का द्या छेस् र हाम्लाई!?" भनेर जिम्माल्नीले भनिछन्। बिचरी जमुनी भाउजुलाई अघिको कुरो के थाहा, 'यी जिम्माल्नी पनि तेस्सै रिसाम्छिन्!' भनेर हिनिछन्। जमुनी भाउजु त हिनिहालिन् के रे, उता जिम्मालका गाई-भैंसी सब दाम्लो चुँडालेर बुर्कुसी मार्न थालेछन्। भएन, बूढालाइ सघाम्नु परो भनेर बाहुला सार्दै थेम्, दादा कराउन थाले। दादाको राँगो पनि बिच्केर भागेछ जमुनी भाउजुलाई देखेर। एकछिन पछि पाखा'ट एउटा आर्को भैंसी पनि हान्निएर ओरालो लाग्यो। पछि पछि भउते लठ्ठी ले'र आम्दै थ्यो! जमुनी भाउजु गामका सप्पै घर नपुगी छोड्दिनन् सिरेलाई खोज्न। आजचैं गामका गाई-भैंसीको आमसबै हुनी भ!
Read Full Discussion Thread for this article