Posted by: Poonte January 2, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ठुली नेपालऽट फर्किनि साईतै कुरेर बसे रे'च के रे सिरे, सँग सँगै आईपुगे दुवै। बुठेसकालाँ बुरुरु कपाल उम्रे जस्तै भ'च गाँठे हाम्लाई त! ठुली नेपालाँ घर परिवारसमग कुरो मिला'र आ' होली के रे। चित्रे कुरि रा'छ, बरु भोज सोझ चाँढै ख्वाम् अब। मेरी धोबीनीलाई फुला'र १२ ठेकी रौसी पार्न लाम्नि जिम्मा मेरो भो, ल! अरापऽट सिरे फर्केछ भुन्ने सुनेर मु नि हिजो लौरो कुद्दै, खुट्टा टेक्दै भ' नि पुगेको थिम् के रे तेस्को घराँ। नोठको बिट्टै बिट्टा बोकेर आ'को उरन्ठेगलो, के घर बस्थो? धोबिनी काँ ३ सोट ला'र जिम्माले काँ पुगेछन् भने। अन्खेरुन आफू नि तेतेई लागियो जिम्मालेलै के के भने, कुन्नि? बुठोको त भरखर भूत देखेओ जस्तो बोली फुटि रा' थेन। "अरपाँ मुन्छे काटेको खबर त समचराँ सुनेको थियेऊ होला नि, बुढा! हाम्ले नि सिकेर आईम् के रे मुन नपर्ने मुन्छेलै तेस्तेई अर्न, बिचार अर" भुनेर जिम्माल्निको धरि सातो लग्यो रे भुनेर सुनेको हो के रे गाईं गुईं हल्ला। हुन त काठमन्छु सम्मुन् पुरा'र जहाज उड्नि पैसो को चाँजो त हाम्ले नै गर्देला थिम् के रे। जिम्माललै भेट्नि बखत चईं उनको नि मगजको नसा तन्केको थो होला, हाम्लाई अँगालो सम्म नि हालेनन्। लु त नि, सिरे, आईछौ, बेसरी कमायेऊ पनि होला, खाडीको कथा सुन्नि रहर त हाम्लाई नि थो, एउ दिन बसेर घुटकाउँदै बात मारम्ला भनें। "ईन सल्लाह" भने सिरेले चईं। कमाई गरेर पैसो को थुप्रो बोक्ने भएसि त दिल पुनि कठोर भइच के रे। तेत्रो अरेर बिदेस पठा'को हाम्ले, अईले आ'र एउछिन बसेर भलाखुसारी अरम् भुन्दा नि के को "सल्लाह" अर्न पर्नि हो उनलाई?
Read Full Discussion Thread for this article