Posted by: shree5 January 1, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
काका ले फेरि भने, "तो त हो तर तिमेरुले चईनी जनही लाख लाख रुप्याँ कहाँऽट जुटाम्चौ त नि? " लाले ले थपि हालो केरे, "अब गाम मा चलेको चलन केरे, सर सापटले काम चलाम्नी त हो नि । रिकुटे लाहुर बाट आको छ, भउते सित नि टन्नै पैसा छ, सापटी मागेर जानी त हो नि " अनि काकालाई सोधे केरे, "पैसा जुटाम्न सकेम भने तेसो भा तपैले चईनी काठमान्डु लगेर ति दलाल भन्नी मुन्छे सित हाम्रो चाँजो पाँजो मिलाईदिन सक्नु हुन्च त?" काकाले, " किन नसकुम्ला र? मेरो चईनी मावली पट्टीको भदाहा कुम्ले तेतै काठमान्डुमा बसेर आईए बिए पढ्च। अब काठमान्डु जाँदा चईनी तेसैका डेराँ बसम्ला १-२ दिन, दलाल सित कुरो अर्दा नि कुम्ले चईनी आईए बिए पढेको मुन्छे, फेरि तेसैको सँगी नि छ आर्को दीपे भन्नी गँजडी, तिनेरुलाई लिएर गएसी दलाल ले ठग्न नि सक्दैन केरे हाम्लाई । दीपेले त अझ काठमान्डुका पुलिस-पुलिस्नी चईनी सिपाई-हल्दार सप्पै चिनेको छ, दुई-चार मुठी चईनी येतै गाम तिरको गाँजा पुनि लग्दिन पर्च, पसुपतिनाथ नि घुमाईदिन्च । " भने । ठग्नी कुरो सुनेसि म भनी झसक्कि भएँ केरे । "हैन ती दलाल भन्नी मुन्छेले ठग्चन पनि र काका ?" भनेर सोधे । "चईनी तिनेरुले ठग्नी जो भा त एक बाजी नेपे दाजीलाई पुनि भन्न परो र उनको सल्लाहा लेर र उनलाई नि सँगै नराखिकन त हुन्न कि क्या हो" भनेर भने । जे भा नि नेपे दाजी भएसि मलाई आड लाउनी के । काकाले, " हैन, कोई कोई नक्कली दलाल हुन्चन के, सक्कली दलाल ले त ठग्दैनन। तेई पुनि कुम्ले र दीपे भएसि डराम्न पर्दैन, मेरो बचन मान " भने । "अब जानी जो नभए सम्म र चईनी पासफोटाँ भिस्सा र जहाजको टिकेस जो नकाटेसम्म कसैलाई नि नभने हुन्च, काम भए सर्द जो भओ केरे , नभए फेरि सबैको नजराँ किन हुति हारा हुनी हो ?" भने काकाले। काकाको कुरो ठिकै हो, गएसि सप्पैले थाहा पाम्चन, नगए क्यार्न भन्न परो भन्ठाने केरे । तेति खेरै लालेले "हैन यो पासफोटाँ भिस्सा" भनेको के हो र भनेर सोधो । काकाले अर्थ्याए । चईनी जिल्लाबाट हाकिम हुरले हाम्रो फोटाँ सहीछाप लाएर यो मुन्छे नेपाली हो भनेर एउटा किताब जस्तै दिन्चन अरे, तेसलाई पासफोटो (passport) भन्चन अरे, त्याँसी तो अराब भन्नी देसका हाकिम हुरले फेरि आर्को छाप लाम्चन अरे, तेसलाई भिस्सा (visa) भन्चन अरे । अब तो अरबाँ त कुन कुन देसका मुन्छे जानी कुन कुन देसका केरे, कुन देसका हैँचन भनेर चिन्न लाई चईनी तो पासफोटो र भिस्सा लेर मत्रै जान दिन्च अरे के । तो दिनको सल्लाहा तेति जो भओ केरे । अनि मर्का पारो पैसा ले जो - दुई लाखले । अनि जे भए नि मनपेट मिल्नी त पुन्टे दाजी हो हुन भनेर पुन्टे दाजीकहाँ गएम सप्पै । दुई लाख पैसो कसरी जुटाम्न सकिएला पुन्टे दाजी भनेर सोधेको त उनले लाईदिए केरे नयाँ बुद्दि । पुन्टे, " चईनी उता'ट आएसि यो गामै किन्नी पैसो कमाउन सक्नी भा लौ यसो अरओ । गएर जिम्माल लाई उजिन्डेमा खेत राखेर पैसो सापटी लेओ, त्याँसी फर्केर आएसी जिम्माल का जो घर खेत किनेर जिम्मालको उठीबास लाईदेओ" । एकै छिन पछि फेरि पुन्टे दाजी त खुसीले मुख उज्यालो पारेर भने, " साँच्ची हेर सिरे र लाले" अनि फेरि गदगद हाँसे पुन्टे दाजी । अनि फेरि आँखा चिम्लेर भगवान सम्झँदै भने, " सत्त परमेस्वर, यो सिरे र लाले ले आँटेको पुगोस प्रभु, यो जिम्मालको भन्दा धेरै पैसा र धेरै सम्पति लेराएर यो जिम्मालको चईनी घरबारी किनेर राखुन यिनेरुले, म त कति खुसी हुन्थे नि प्रभू। हे देबी माई, ल मैले सिरे र लाले फर्केर आको दिन चईनी पन्चबली चईनी मुसाको बली सबै चढाम्ला " भन्दै एक रुपैयाको ढ्याक मकैको खोस्टामा धागोले बाँधेर तेसलाई अलिकति पानीले धोएर मेरो र लालेको टाउका वरिपरि घुमाम्दै "सत्त परमेस्वर" भन्दै फलाक्न थाले । त्याँसी पुन्टे दाजीले, " ल केटा हो, तिमेरु जानी पैसो चईनी चोरेर भा नि निकालम्ला, तिमेरुले आँटेको पुग्च, चईनी पुग्नै पर्च, तो जिम्मालका " भन्दै पन्च बलीको भाकल गरे । -------------------------------------------------------------------------------- बाँकी पछि फेरि बेलि बिस्तार लगाम्ला फुर्सदाँ । अब हामी जो फर्केर आईसकेम केरे अराब गाका मुन्छे । अब त क्यार्न लुकाम्न परो र हाम्रो कुरा कथा । कसैलाई यो हाम्रो कुरा थाहा छ भने चौपारीमा भन्दै अरे हुन्च, म आएर फेरि थपम्ला, साँचो कुरो भनम्ला । हिजाऽज तेत्ति फुर्सद छैन के अझै । Keep Rolling...
Read Full Discussion Thread for this article