Posted by: dd_sh January 1, 2007
भारतीय सोच र विस् तारवाद
Login in to Rate this Post:     0       ?        
भारतीय सोच र भ्रम नेपालको द्वन्द्व समाधानको एउटा महत्त्वपूर्ण कडीका रूपमा रहेको हतियार व्यवस्थापनबारे भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहताद्वारा व्यक्त विचारले केही दिनयता निकै चर्चा पाएको छ । उनले संयुक्त राष्ट्रसङ्घको छातामुनि करीब ६० हजार भारतीय गोर्खा सैनिकलाई नेपालमा हतियार व्यवस्थापनका लागि ल्याउने प्रस् ताव गरेका छन् । यसले नेपालको स्वतन्त्र अस्तित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ । मेहतालगायत केही व्यक्तिहरूले नेपाली सुरक्ष ाको संवेदनशीलतालाई उपहास गर्दै नेपालमा भारतीय गोर्खा सेनालाईर् ह तियार व्यवस्थापनमा खटाउने बकम्फुसे कुरा गररिहेका छन् भने गत वर्षसम्म 'भारतीय विस् तारवाद' सँग लड्न 'मोर्चाबन्दी युद्ध' को अभ्यास गररिहेका माओवादीका सर्वोच्च 'कमाण्डर' प्रचण्ड पनि मेहताकै बोलीमा लोली मिलाइरहेका छन् । For more: Nepal magazine/ tippani (Latest Issue) माओवादीको राष्ट्रियता ??
Read Full Discussion Thread for this article