Posted by: nitu December 31, 2006
What should be in New Nepali Constitution?
Login in to Rate this Post:     0       ?        
जनजातिविरोधी अन्तरिम संविधान जल्यो: काठमाण्डौ, पुस १० गते/ नेपालको अन्तरिम संविधानको विरोध गर्दै आज अपरान्ह ४ बजे यहाँस्थित माइतिघरमा आदिवासी/जनजातिहरुले सो संविधानका केही धाराहरु जलाएका छन् । विरोधको सिलसिलामा आदिवासी/जनजातिविरोधी केही धाराहरु जलाउँदै आधा घण्टा जति यातायातसमेत अवरुद्ध गरे । सो कार्य गर्न नदिन प्रहरीले बल प्रयोग गरे पनि आन्दोलनकारीहरुले संविधानका पानाहरु जलाउँदै बाहुनवादी राज्यसत्ताको विरुद्धमा चर्का नाराबाजी गरेका थिए । यसअघि माइतिघरस्थित मण्डलामा विरोध मन्तव्य दिने क्रममा नेवाः देय दबुका अध्यक्ष मल्ल के सुन्दरले भने, 'अहिले हामीले विभेदकारी धारामात्र जलाउँदैछौं । यदि सरकारले पुस १५ गतेभित्रमा सो नसच्याए पूरै संविधान जलाउने छौं, त्यो बेला सिङ्गो देश नै जल्नेछ ।' विरोध मन्तव्य दिनेहरुमा अन्तरिम संविधान सरोकार जनजाति समितिका संयोजक शंकर सुब्बा, नेपाल आदिवासी जनजाति महासंघका कार्यवाहक महासचिव श्रीमती लक्की शेर्पा र महासंघका सल्लाहकार बालकृष्ण माबुहाङले अन्तरिम संविधान तुरुन्त सच्याउनु पर्ने आक्रोशपूर्ण माग राखेका थिए । आक्रोश पोख्ने सिलसिलामा यो देश बाहुनवादले बिगारेको र अहिले पनि उनीहरुले षडयन्त्र गरिरहेको आरोप लगाउँदै तोकिएको समयसीमाभित्र सच्याउने कार्य नभए यसको परिणाम भयंकर नराम्रो हुनेसमेत आठै दललाई चेतावनी दिएका थिए । धेरै दिनको छलफलपछि नेकपा माओवादीसहितको आठ दलले पारित गरेको अन्तरिम संविधानमा आदिवासी/जनजातिहरुले वर्षौंदेखि उठाउँदै आएका मागहरुलाई नसमेटिएको भन्दै महासंघले आज बिहान साढे आठ बजे प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ज्ञापनपत्र बुझाएको थियो । प्रधानमन्त्रीले अन्तरिम संविधानमा थपघट गर्नेबारे आफू एक्लैले केही गर्न नसक्ने बताउँदै यसबारे अन्य दललाई समेत कुरा राख्नुपर्ने विचार राखेका थिए । जलाउने कार्यक्रमलाई तत्काललाई रोक्नुपर्ने प्रमको कुरालाई शिरोपर गरेर जनजाति महासंघ अन्तिम समयमा आएर संविधान जलाउने कार्यक्रम रोक्ने तरखरमा थियो । तर, जनजातिसम्बद्ध विभिन्न जातीय तथा राजनीतिक संघसंस्थाकाहरुको व्यापक दबाबका कारण यो कार्यक्रम भएको एक आन्दोलनकारीले किरात्स डट कमलाई बताएका छन् ।
Read Full Discussion Thread for this article