Posted by: Juggy December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
आफु दुइ चार दिन के बाबाधाम लागिया थ्यो, यो भउते बज्याले त हल्ला गर्न भ्याछन गाम भरि। बर्न नसकेका पातकि मोरा। भएको सत्य कथा नसुनाउ जसो लाग्या हो यहि भउतेको इज्जत जाला कि भनेर, अब पातकीले ,मेरो नामै मुछेपछि सुनाउन त करै लागो। अब यसपाली चाहि आफु पुरै जोगि बन्नै भनेर बाबधाममा लागिया हो, यो निशे बज्या नि सँगसँगै थ्यो त्यो नेपालगचजा सम्म त्यसछि 'म चुरोट एक चुरोट सल्कार आम्छु है सुद्दा' भनेर हिडेको म कुर्दाको हैरान, रात बितिसको आउने नाम नै लिँदेनन। यसो निशे बज्यालाइ खोज्दै हिडेको त भउते बज्या पो भेटिए त्यहि बैदेहि होटेल अगाडि। 'क्यार्दै हो भउते' भनेर सोध्छु त देख्या नदेख्या जसो गरेर ऊँधो ऊधो पो लाग्छ बा। म नि कतै यो बज्या जुरेलीसँग छुटेर पागल त भेन बज्या भनेर माया लागो आफुलाइ। पछि पछि लागे म नि यो भउतेको, बज्या त लम्केर हिँड्न थाले, अलि पर पुगेछि एकजना आइमाई नि भउते बज्यासँगै पो लाग्छन बा। लु बज्याले जुरेली भेटा छन जसो छ। ल दुबैलाइ यासो आशिस दिनुपरो भनेर लम्केर च्यापै समात्या त्यो बज्या भउतेलाइ त झसँगै म। :ओ बज्या त जिम्माल्नीसँग पो ; हरे शिव शिव के देख्नु परो यो जुनीमा।। अब बाबाधाम हिड्न अगाडि जिम्माल्नि रुँदै आका थे म कहाँ 'कही कतै जिम्माल भेटे भने गर पठाइदिनु है जग्गे बाबा' भन्दै। अब यहाँ त यो भउते बज्यासँग पो देखछु त। भउते बज्या फेरि केहि सोध्नै नभ्याइ बुग्रुक्क ऊफ्रेर 'हाम्रा बुढा बुढि भागिहाले, हामी पहिले भागेका हैनौ के रे' पो भन्छन । म त हेर्न नि सकिन; ल सुख दुखसँग जिएस भनेर हिड्न ला को त निशे बज्या नि ठ्याक्कै त्यहि देखा परे। बज्या त भउते र जिम्मा्ल्नी देखेसी 'आम्बो सुड्ढा सुड्ढि हो मोलाइ इन्सपि पो द्यो यिनीहरुले , आफ्नो आन्द्रादेखिको लप छुडाउने त्यो बज्या पुन्टे सुड्ढाको सुड्ढिलाइ फरार दिइन्छ अब' भन्छ बा। त्यस छि चाहि लागे बाबाधामतिर यो भउते कता लागे था भे न म त्यो निशे बज्या चाहि गामतिर फर्के। हे शिव शिव, कलियुग घोर कलियुग।। लौ पानीको पानी रउसिको रउसि छुटाम्ने हो भने

यहाँ

आम्।।
Read Full Discussion Thread for this article