Posted by: masingh December 27, 2006
माओवादीहरुको वीरताका गाथाहरु
Login in to Rate this Post:     0       ?        
चन्दा माग्ने माओवादीले गाउँलेको कुटाई खाए नेपाल जापान डट् कम् सम्वाददाता काठमाण्डौ डिसेम्बर, २७ पूर्वी पहाडी जिल्ला भोजपुरमा जबरजस्ती चन्दा उठाउने र नदिनेलाई कारवाहीको धम्की दिने माओवादी एरिया इन्चार्ज ज्ञानेन्द्र कार्कीलाई गाउँलेले कुटपिट गर्दै लखेटेका छन् । भोजपुरको तुंगेछा गाविसका एरिया इन्चार्ज कार्कीले गाउँ प्रवेश गरेर जबरजस्ती चन्दा माग गर्दा गाउँलेले स्वेइच्छाले मात्र दिने भनेपछि विवाद उत्पन्न भएको थियो । माओवादीले स्थानीयबासीलाई धम्क्याएपछि युवाहरुले माओवादीलाई कुड्दै लखेटेका हुन् । स्थानीय सत्ताको नाममा माओवादीले भोजपुरका गाउँहरुमा चन्दा संकलन तीब्र पारेपछि दिक्क भएका गाउँलेले पहिलो पटक प्रतिकार गरेका हो ***************************************************************** माओवादीद्वारा सार्वजनिक जग्गा घडेरीका रुपमा विक्री नेपाल जापान डट् कम् सम्वाददाता काठमाण्डौ डिसेम्बर, २६ माओवादीले आफ्नो आधार इलाका मातहतमा रहेको दावी गर्दै दैलेखको लकन्दा गाविसको सार्वजनिक जग्गालाई घडेरीको रुपमा विक्री वितरण गरेको छ । सो गाविसको वडा नम्बर ८ र ९ मा पर्ने ठाँटी बजारको सार्वजनिक जग्गा विक्री वितरण गरेपछि जिल्लास्थित अन्य राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । करिब ९५ वटा घडेरीलाई समूहमा विभाजन गरी माओवादीले १० मिटर लम्बाई र ६ मिटर चौडाईका घडेरीलाई ८ देखि १४ हजारसम्ममा विक्री गरेका हुन् ।
Read Full Discussion Thread for this article