Posted by: gwanche December 25, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
अभिबादन ! नयाँ चौतारी बनाएकोमा तितौरीलाइ धेरै धेरै धन्यवाद । हुन त साउको कामबाट आजकाल फुर्सद नै छ तर पनि चौतारीमा आउन कहिले के नमिल्ने कहिले के । फेरी भोलीदेखि केही दिनको लागि बिदा मनाउन अर्को गाम जाँदैछु । हुन त मैले बूक गरेको होटेलमा ईन्टरनेटको सुबिधा छ भनेर लेखि पठा'को छ तर त्यहाँबाट चौतारीमा आउने मौका जुर्ने हो कि होइन थाहा छैन । नयाँ बर्षको शुभ-कामना टक्र्याउन चाँही जसरि पनि आउने नै छु । यो चौतारीको अभियनता तितौरीले माथि मलाई पनि सम्झेर एउटा कथा टाँस्नु भन्ने आग्रह गरेकी रहिछन । अब आफ्नो गाम्लेहरुले गरेको आग्रह मैले कसरी टाल्नु ? त्यही भएर एउटा जे पि टि कथा टाँस्दैछु, अझै परिमार्जित गर्न सकिन्थ्यो कि जस्तो त लाग्छ, तै पनि जे पर्ला पर्ला ..........जे जस्तो अवस्थामा छ त्यही अवस्था मैं टाँस्दे मैले त ! भुलचुक माफ पाम !!!!
Read Full Discussion Thread for this article