Posted by: Hi_nanu December 24, 2006
केही बिर्सेका छैनन्
Login in to Rate this Post:     0       ?        
नेपाली जनताले केही बिर्सेका छैनन् - साश्वत नेपाली जनताले न त पार्टिहरु को कुर्सि मोह लाई बिर्सेका छन् न त राज ग्यानेन्द्र को देश मथि को प्रयोग लाई । राजा ले बुझेनन् - देश भनेको बिकास गर्ने थलो हो न कि प्रयोग् गर्ने प्रयोगशाला । जनता ले राजा भनेर एउटा स्थान् दिएकै थिए, ठुलो कम्पाउन्ड भित्रको राजसि थलो मिलेकै थियो । तेत्रा सेना वरि परि छदै थिए। दर्बार को लगि तेत्रो budget पनि छुट्याएकै हो, के पुगेन र कमल थापा जस्ता मुसाहरु, तुल्सि गिरि जस्ता देशका माया मारि सकेक परदेशि हरु लाइ बटुलेर देशम रमिता गर्न मन लग्यो हाम्रो महाराज लाई? कि त सिंह हुने साहस हुनु पर्छ राज गर्न लाई र बाटो देखाउन सक्नु पर्छ अरु जन्तु हरु लाई, होइन भने एक चोटि चाखि हेरौन त मिठाइ कति गुलियो छ भनेर चाख्न चाहने एउटा नाबालक जस्तो ब्यबहार ले देश लै कति पछाडि धकेल्छ, माहाराज लै यस्को कुनै अन्दाज पनि छ कि ? इ त भए अस्ताउन लागेका एक् माहाराज् को सानो गाथा। जनता ले अहिले चर्चा म राखेका, हरेक दिन जसो TV र रेडिओ म छाएका, जनता ले आफुहरुलाई देश बनाउने जिम्मा दिएका ठान्ने स्व:घोसित् राजाहरु का कर्तुत् लाई पनि नेपाली जनता ले बिर्सेका छैनन्। कसरी भुल्न सकिन्छ ति दिनहरु जति खेर एउट गाउंको बालक पानि रोटि पनि खान नपाएर प्याक् प्याक् थियो, यता राजधानि मा तिनै गरिब जनता क प्रतिनिधिहरु पजेरो किन्न लाल मोहर लाउंदै थिए। आज देश को भविश्य निर्धारण गर्ने बहस् मा भाग लिने अधिकांसहरुले ति पजेरो बेचेर डकारी सकेका छन्। पार्टि को नौ महिने कार्य काल म पार्टी र आफ्ना भवन हरु ठडाउन मै ब्यस्त नाम मात्र का communist हरु ले बिर्सिए होलान धमिज कान्ड र त्यस्का नाटकहरु, छैनन् बिर्सिएका नेपाली जनता ले । अब यहां अलिकति प्रसङ्ग आजका जल्दा बल्दा माहाराज का पनि : माहाराज हरुको पनि कुरा अलि कति गर्नै पर्ला। नाम चाहि वहाको पुष्प कमल दाहाल। पुष्प भनेको फूल (अण्डा हैन) अनि कमल : हिलो माझ फुलेर बातावरण लाइ नै सुगन्धित बनाउने। वहा लाइ चडेको सनक र देश को दुर्भाग्य, कति मिठो नाम् लाइ बिगरेर वहां बन्नु भयो प्रचण्ड (: ताप) सबै लाइ पोल्ने। वहांलाइ दर्सन र लेख बाट सघाउने सहयात्री बन्नु भो सधैं पहिलो हुने नेपाल का बिद्वन् doctor साहेब बाबुराम् भट्टराइ। नेपाल आमा लाइ कति रुवाएका छन् यि आजका जल्दा बल्दा माहाराज का पनि माहाराजहरु ले। संसार सभ्यता को चरम् बिन्दु मापुगेको बेला, सबैको बिचार लाइ सुनेर निर्क्योल निकाल्नु पर्ने युग मा प्रवेश गरेको बेला, यी बिद्वानहरु बिरोधिहरुको सफाया (उनिहरु कै शब्द मा) मा लागि परेक थिए। नेपाली जनता ले बिर्सिए होलान लम्जुङ् को शिक्षक लाइ रुख म बांधेर मारेको? जनता ले बिर्सिए होलान बस म चढिरहेका यात्रीहरु एक चिहान् भएको? हामी हाम्रा दाजु भाईहरु लाई इराक म मारिएको सहन सक्दैनौ, कसरि बिर्सन सक्छौं एउटा कृयापुत्री लाइ कृया गर्न नदिकन मारिएको? मान्छे चाहे वाद को नाममा मरियोस् या साशन गर्ने नाममा त्यो नेपली जनता को लागी न हिजो सह्य थियो न आज र मार्ने हरु अपराधि हुन। चाहे ति राजा हुन, गिरिजा हुन, माधव, ओली या प्रचन्ड नै, सजाय सबैले पाउनै पर्छ, जनता ले यस्को सजाय दिने छन्, नेपाली जनता ले कसैलाएए बिर्सेका छैनन् । यीनै घुस्याहा र हत्याराहरु बाट देशको समस्या समाधान हुन्छ भन्ने जनता लाइ लागेको पनि छैन। वाक्क भैसकेका जनता, शान्ती चाहन्छन, त्यसैले मुर्खहरुलाइ सहमति खोज्ने जिम्मा दिन बाध्य छन् । हाम्रो देश को दुर्भाग्य नै भनौं, न त राजा को गिदि ले देश लाइ बाटो देखाउन सक्यो न त कोहि नयां पुस्ता नयां मार्ग लिएर आउन सक्यो ।
Read Full Discussion Thread for this article