Posted by: another_nepali December 23, 2006
Indians..........whatever
Login in to Rate this Post:     0       ?        
Dear Friends, हो, इन्डियनहरु नेपालिलाइ हेप्छन् र आफ्नो प्रभुत्वमा राख्न्न चाहन्छन्। तर त्यसो किन सम्भब भैरहेको छ? म त इन्डियनहरुलाइ दोष दिनुभन्दा हाम्रो आफ्नै मुर्खता, नालायाकिपन र हिनताको कारणले हो भन्ठान्छु। यसबारेमा धेरै बहस गर्न सकिन्छ, तर म एउटा सानो उदाहरण दिन चाहन्छु। किन हामिहरु इन्डियनहरुलाइ त्यस्तो मन पराउदैँनौ तर हिन्दि गित नसुनि र हिन्दि मुवि नहेरि बाँच्न सक्तैनौं? हामि दिनभर इन्डियाको बिरोधमा सडकमा चर्काचर्का नारा लगाउँछौ, तर बेलुकि घरमा आएपछि त्यहि हिन्दि च्यानल र सिरियल नहेरि सुत्त्न सक्दैनौं। यसलाइ के भन्ने? इन्डियनहरुले नेपालिलाई हेप्नु स्वभाबिक छ किनभने स्वयम् इन्डियनहरुभन्दा नेपालिहरु हिन्दि भाषा, हिन्दि गित, हिन्दि सिनेमाहरु भन्दा हुरुक्क हुन्छन्। यस्तो ब्यबहारले इन्डियनहरुलाइ आफु नेपालिहरुभन्दा धेरै माथिल्लो स्तरको रहेछौं भन्ने भान् गराउँछ। यदि तपाई इन्डियनहरुको ब्यबहार मन पराउनुहुन्न र उनिहरुको प्रभुत्व सहनुहुन्नभने, कम्तिमा पनि उनिहरुका गित, भाषा र सिनेमाबिना बाँच्न सिक्नुहोस्। होइन त्यसो गर्न सक्नुहुन्न भने, उनिहरुलाइ गालि गर्न छोडनुहोस्। कृपया अरुलाइ गालि गरेर आत्मसन्तुस्टि लिने र आफ्नो कमजोरि लुकाउन नखोज्नुहोस्।
Read Full Discussion Thread for this article