Posted by: Gautam B. December 23, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
मिस, राहुल दाइ, ग्वाँचे, तिरु, जिम्मालका सुन्दर कविताहरु पढेर आनन्द लिन पाइयो, सबैलाई धन्यवाद। तिरु र ग्वाँचेको लेखनमा निरन्तरता आउनेछ भन्ने आशा छ। ग्वाँचेलाई अर्को एउटा सल्लाह, शब्द सकेसम्म घटाउनुस्। मेरो आफ्नो मान्यता 'कविताले थोरै शब्दमा, सुन्दर शैलीमा धेरै कुरा भन्न सक्नुपर्छ।' भन्ने भएकोले यो सल्लाह दिएर मुख छुचो बनाएको हुँ (फेरि अचेल आफूले लेख्न नसकेपछि, अर्काको दोष केलाएर बसेको पनि हो क्या!)। कवितात्मक कुरा धेरै लेख्नु पर्दा त्यसलाई निवन्धको रुप दिन सकिन्छ, 'भाव-प्रधान निवन्ध'। त्यस्ता निवन्धको कमी पनि छ नेपाली साहित्यमा। एउटा त्यस्तो धागो शुरु गर्ने जमर्को पनि गरौँ बरु। जिम्माल, यो 'खस्रो गुलाब' सटीक छ, ठ्याक्कै दिमागमा घोचेर रन्थनाउने छ। शब्दहरु परीवर्तन गर्नुस्, तिखार्नुस् अझै यसलाई; तर यस्को लम्बाईलाई भने नछुनुस्। एकदम राम्रो कविता बनेको छ। अनगिन्ती काँडाजीलाई धेरै-धेरै स्वागत छ यो भावनाको देशमा। तपाईँका सुन्दर रचनाहरु अरु पनि पढ्न पाउने आशा छ।
Read Full Discussion Thread for this article