Posted by: ramprasadneupane December 21, 2006
रामे को america अनुभव्!
Login in to Rate this Post:     0       ?        
..... यि धोतीहरुकहाँ काम गरे पछि यही हुन्छ । भन्या बेला मा फुर्सद नदिने, नचाँहीने बेलामा फुर्सदै फुर्सद ! अघी यहाँहरुलाइ बाचा गरे बमोजिम लेख्दै छु । त्यो साले साहुको आज मूड छैन भनेर तेस्को shift पनि मैले गर्नु पर्ने रे, नाइ भन्नै सकिएन, के गर्नु? semester break तेस् माथि spring म पैसो तिर्नु पर्छ , घर बाट बाले पैसो पठाउने भए पो ! उहि आउने बेलामा ल्याएको ३४०० डलर ले यहाँ सम्म ल्याइपुर्यायो, गाउ भरि हल्ला छ, रामे डाक्टर भयो भनेर, कस्ले हुन्थ्यो नि? उहि deported मित्र ले हल्ला चलाएको होला ! आफु पढ्छु nursing course, बल्ल १ बर्ष सिद्ध्यायियो, सिङै ३ बर्ष बाकी छ । मामा, माइजु, काका, काकी, बा, आमा, दिदी बहिनी सब को आ-आफ्नै फर्माइश छ, आगौ नेपाल आउँदा कुन्नी के के हो ल्याउनु रे, एत्रा को लानु, हुनु पर्‍यो नि राजा, गेडो ! कि कस्सो? गेडो भन्ना ले "छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी" को गेडी नि ! कुरो आयो बिशेष दर्शन को: कुरो के भन्देखिन्, त्यो राती को १ बजे सुको हालेर झ्याल खोलेर हेर्दा देखिने कुरो, साह्रै अपरम्पार्, काठमाडौंमा सुरुमा डेर गरेर बस्दा, पल्लो घरको घरपट्टिकी छोरी को कोठामा केही देखि पो हालिन्छ कि भनेर TC छोडि छोडि बिहान देखि बेलुका सम्म पर्दा अलि अलि खोलेर चियाइरहने दिन्हरु याद आथ्यो ! कस्तो नशा हो के? देखिने फेरी केही होइन, फोकट्या टाईम बर्बाद्, भोक भोकै बस्यो, चियायो, दिन बित्यो, खिस्रिक्क पर्‍यो सुत्यो, फेरी बिहान उहि चाल, लगातार ४ दिन class छुटे पछि चाँही मलाई ग्लानी भाथ्यो, 'थुक्क मुजी, के हेर्न खोज्या होस्?' हेर्ने कुरो फेरी रत्नपार्कमा जत्ती नि पाइन्थ्यो । फेरी कुरा कता बटार्यो यस्ले भन्नु होला । quarter हाले पछि मेरो होस् हावास् उड्यो, झ्यालको पारी पट्टी स्त्री जात्, गोरी, काली, खैरी, कलेजी थरि थरि का ! सबै नग्न ! लगभग ४-५ जना हुनु पर्ने हो! सब आ-आफ्नै चरतिकलामा ब्यस्त ! नाक्, कान्, घाटी, जिब्रो, नाइटो, अनि भन्नै नमिल्ने ठाउँहरुमा नाना थरि खोपेका, कुदेका, सुइरिएका ! २-३ जना केटी हरु एक आपश मै ब्यस्त हुने रे, हाम्ले चाँही सिसा भएको झ्यालबाट हेर्नु पर्ने रे । २-३ मिनट त खरिएको बोको परियो, साह्रै आनन्द आयो, २-३ मिनट पछी काम कुरो टुङिए पछि चाँही झ्याउ लागेर आयो, नलागोस् नि कसरी?खै कुरा बुझ्या? ४ मिनट को त्यो अलौकिक ज्ञान प्राप्ती म कहिल्ल्यै बिर्सिन्न(अब आफ्नो मर्त्य लोक मै नभएको कुरो अलौकिक नै हो नि) । अर्को कुरो, billy को अनुहार हेर्न लायक थियो, रातो पिरो थल्थलिएको ! टेक्सस् यात्रा : टेक्सस् जाने एउटा अवसर पाउनसाथ मैले नाइ भनिन । कुरो के भने मेरो मामाको साढु भाइको छोरोको पस्नी गर्नु पर्ने रे, आफु परियो जनै धारि ब्रह्मन्, सक्क्ली त के भयिन्थ्यो, pepporini pizza, hamburgarले भ्रस्ट भैइ सक्या परियो । तै पनि बुझ पचाएर गए । बस्न नि कहाँ बस्या रैछन भने नेपाली फिट्टिक्कै नभा ठाउँमा, होइन टेक्सस् मा त टन्नै नेपाली छन भन्या सुन्या थे, यो के देख्नु पर्या हो? DV परेर साखा सन्तान् घर् खेत् बेचेर आका त परे ! सब् भन्दा सस्तो घर् खोजेर बस्या रे ! पस्नी सास्नी पछि, घुम्ने क्रम मा , एउटा pool house देखे ! अफु फेरी पूल भने पछि हुरुक्कै ! शंकर देव क्याम्पस अगाडि को पूल हाउस मा पढाई छोडि छोडि सिक्या सिप बल्ल देखाउन पाइने भयो भनेर छिरे ! हुन पनि काठमाडौं म कतै को पूल हाउस बाकी राख्या थिइन । भृकुटी मन्डप को होस् कि, घट्टेकुलो को, हुँदा हुँदा एक चोटि त सोलुमा समेत पूल हान्न गा थिए ! पूल partner एउटा खैरे थियो, मोरो! सम्झिए भने रिसै उठेर आउछ ! पूल खेल्दै जाने क्रम मा मोरा ले hieniken बियर ४-५ वटा खुवायो । बियर र पूल ! के चाहीयो अफुलाइ ! केही बेर पछि मैले केही ठीक नभा नभा जस्तो लागेर यसो बिचार गर्न लागे ! जाठो हरु त पूल हेर्ने क्रम मा मेरो अर्कै कुरो पो हेर्दै रैछन ! होइन होला भनि अलि सतर्क भएर खेल्दै गर्या त दुईटा पातकी ले सोझ्झै मेरो 'हगनद्वार्' (अल्ली सभ्य भाषा लेखेकोले म माफि पाउ) ताकेका रैछन ! हत्त न पत्त game टुङ्याइ त्यहाँ बाट भागे, पछि सोध्ध्दा थाहा भयो, मामापाखा हरु gay रैछन्, अफु gay bar भित्र छिरिया रैछ ! bloody iranians: यो शब्द चाँही मनै कुटुक्क हुने गरी एउटी अधबैसे खैरेनी बिदेशी ले भन्या भएर सम्झी रा ! आच्या, बिदेशी त्यो कहाँ हुनु नि, आँफै बिदेशी परियो ! san francisco म साईकल भाडामा लिएर pier तिर घुम्ने क्रमामा fisherman's wharf पुगियो, जादा ओरालो, आउँदा उकालो !आउँदा साईकल डोर्याउदै ल्याउदै थिए, आफ्नो नेपाली बानी देब्रे च्यापेर हिददै थिए, त्यो मोरी नि देब्रे च्याप्दै ओरालो आइ, मेरो साईकलमा ठोक्किइ, एत्रा एत्रा भैरव भन्दा ठुला आँखा पारेर फत्फताउदै थिइ 'bloody iranian' भनेर ! मैले नि मलाई होइन होला भनेर आफ्नो बाटो लागे !त्यो जाठिलाइ के थाहा म नेपाली भनेर ! क्याम्पसका कुरा : क्याम्पसमा दुईटा घटना सधैं याद आउछ, एउटा teacher को अङ्रेजी , अर्को cafteria ! toefl कसरी पास् गरियो तेसको मर्म आफु सङै छ ! यसै त आफ्नो टुट्या फुट्या अङ्रेजी, ज्यान गए बुझिन्न बा ! के भन्छन के ! लग भग २ महिना लगाएर अलि अलि ठम्याउन थालियो ! अचेल त खरराँट जान्छ ! जिब्रो बाटारेर r लाइ rrrrrr गर्दे पछि भैगो अङ्रेजी ! wherrrrrre arrrre yourrrr frrrrriends? भने पछि फरकै खाँदैन ! लौ try गर्नुस् त ! cafteria मा आफु लाई जानै डर लाग्ने ! कुरै नबुझिने भन्या ! कुन थरि के हो, कता बाट के लिने हो, का निर के छ, के चै के सँग कसरी किन खाने हो? के के ! क नै क ! क को कुरो गर्दा एउटा कुरो याद आयो, खैरे ले जोक सुनाथ्यो श्लेशमान्तक बनमा गाजा खादा ! श्लेसमान्तक बन भन्या पशुपतिको पारी पट्टिको डाँडा ! बिहे गर्नु अघी जिन्दगी 'ज्' 'ज्' हुन्छ रे, जहाँ गए नि हुने, जे गरे नि हुने, जसलाइ गरे नि हुने, जत्ती खेर जे गरे नि हुने, जे भने नि हुने ! बिहे गरे पछि चाँही जिन्दगी 'क' हुन्छ रे ! काँ गा? किन गा? को सँग गा? कसरी गा? किन ढिलो गर्या? इत्यादि ! करिब् १ महिना को अथक् दृश्यावलोकन् observation पछि बल्ल पोख्त भाइयो ! अझ नि येस्सो fast food, breakfast तिर जान डर् चाहि लग्छ! "how would you like your bacon?" कस्तो छहियो नि? पाक्या हुनु पर्यो नि, cooked भनिन्थ्यो, तर होइन रैछ, "well done"भन्नु पर्ने रैछ ! जागिर उफ्राइ job hopping : जागिर उफ्राइ वा job hopping को कुरै छोडौ साथी ! नेपालमा ४ महिना भन्दा कही टिक्या होइन, के हुने के! कुर्सी ले टोक्न आउने भन्या, चुर्ना पर्या जस्तो ! ४ महिना काम १ महिना रेस्ट चाँहीने जिउ पर्‍यो आफ्नो ! साह्रै सौखिन ! हाकिम ले निहु खोज्यो भने म नि के कम बेल्का मेरो टोल मा आइज भन्दी हाल्ने, मोटे भए पछी के को डर !मोटे नि सन्काहा, 'हान्दिउ?' भनेर सोधी हाल्ने ! मैले कत्ती हाकिम लाइ छोडदिए तेस्को पनि लेख जोखा छैन ! त्यो असल स्वभाव यहाँ आएर नि छुटेन भन्या! घण्टा के हुन्छ के ! ३ महिना पछि छोडौ छोडौ लागेर आउने भन्या ! २ बर्ष मा साढे ६ वटा जागिर खाइयो बा! साढे किन भनिश भन्नु होला? त्यो चाँही part time job भएर रे क्या ! त्यो part time job को पनि आफ्नै कथा छ! स्कुल मा ....., अब स्कुल को कुरो उठ्यो, यस्लाइ सुताइदी हालु है ! नत्र राती सुत्ने बेला मा थुक्क त्यो किन लेखिन भनेर मन कुटु कुटु खान्छ ! बच्चो पढ्ने नि स्कुल, ठिटो पढ्ने नि स्कुल, तरुनो पढ्ने नि स्कुल, अध्बैसे पढ्ने नि स्कुल, बुढो पढ्ने नि स्कुल रे ! होइन यो मैले मात्रै नबुझ्या कुरो कि अरु ले चाँही बुझ्या छन? यहाँ क्याम्पस चाँही कोही जादैनन भन्या? तेस् माथि graduation नि कत्ती कत्ती क्लासै पिछ्छे graduation रे ! अझ नेपालमा पढ्या graduate चाँही यहाँ undergraduate रे, post graduate चाँही graduate रे ! क्या उल्टो ठाउँ यार rahulvai ले एउटा कबितामा साभार् गर्या जस्तो! उल्टो देशमा सुल्टो मान्छे ! संसारमा घामलाग्दा यहाँ अन्धकार हुन्छ बत्ती समेत उल्टा याँ का बाल्दाखेरी निभ्छ । लोग्ने मान्छेलाई यहाँ "गाइ" भन्दा रैछन् आइमाई हुन् कि "गाइ" पटक्कै नचिनिदा रैछन् । भालेभन्दा पोथी याँ'का खरा हुँदा रछैन् लोग्नेभन्दा स्वास्नी धेरै दह्रा हुँदा रैछन् । भाले-पोथी हल बाँधी जोल्ठिएर हिँड्डुल गर्दा रैछन् ठाउँ न ठहर दोबाटोमा दूध, दही, घ्यू, म्वाई सबै खाँदा रैछन् । हेत्तेरी, केटा हरु ले मेरो यो बानी चाही ठीक छैन भन्थे, हो रैछ, आग्रा को कुरो गर्न लाग्या मान्छे गाग्रा को कुरो मा पुग्छु, गाजा खादा मात्रै त्यस्तो हुन्थ्यो जस्तो लग्थ्यो, होइन रैछ ! 99 पनि भन्थे केटाहरुले, किन भन्नु होल? १०० मा ९९ गफ् रे १ चाहि साचो रे ! फेरी कुरो बाङ्गियो, यो गाजा कत्ती याद आउने हो भन्या ! शिवरात्री आउन लाग्यो क्यारे ! part time एउटा धोती भाइ को स्टोर मा बिहान काम् गरी रा बेला ढोका बहिर आफ्नो यमराज लाइ देखे, त्यहाँ बाट कुलेलाम्, अहिले सम्म फर्केर गैइन ! ३ हफ्ता को पैसा लिनु थियो, अहिले सम्म लिन गा छैन ! छोडदिउ ! तेस्ले नि के याद रख्ला कुन नेपाली सँग संगत भा थ्यो भनेर ! किन भागे भने चाँही - ढोका बहिरा यमराजको रुप म आफ्नो DSO, मोरो ईण्डियन मसला भनेर हुरुक्कै हुदो रैछ कि के हो? लुरु लुरु भित्र आ देखना साथ म त टाप ! आको पहिलो दिन मै भन्या थ्यो don't work unauthorised!" एत्रो को don't work, तिम्रो स्कुल को फी तिर्ने पैसो चाँही तिम्रा बा ले दिन्छन? थाहा हुनु पर्ने नि हामी कस्तो मुलुक बाट आ, गरीब मुलुक्, अब जनता धनी छन नि, देश त गरीब हो नि यार ! बाकी भोली ! ढिलो गरेको मा माफि पाउ !
Read Full Discussion Thread for this article