Posted by: gaalab December 21, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
कसम पनि के-केका हुन् के-केका! अस्ति नेपालाँ जाँदाखेरि "भैंसीको कसम, म तिम्रो खसम" भनेर एउडा उरन्ठेउलो केटो भैंसीमाथि चढेर गीत गाउँदैथ्यो। अब यता चैं "गाँजाको कसम" रे! अब कुनदिनदेखि "कुकुरको कसम", "ममको कसम", "पेडाको कसम" भन्न थाल्नी हुन्। ल, भउतेकाजीको धेरै दिनपछि दर्शन भयो। मेरो तर्फबा'ड नि शुभकामना छ। जुरेलीलाई अँझै लग्या छैनौ भन्या? झन् अस्ति झरीको सिजनमा मंशीरमा बे'बारी पक्का गरिदिया हैन हाम्ले? के हेरेर बस्या' र'चन् यी काजी त! :)
Read Full Discussion Thread for this article