Posted by: Amazing December 21, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
स्याङ्जा महोत्सव सुरु कास स्याङ्जा, पुस ५ - सदरमुकाम पुतली बजारमा मंगलबारदेखि 'स्याङ्जा महोत्सव' सुरु भएको छ । महोत्सव उद्योग वाणिज्य संघको आयोजना, एभरेष्ट बु्रअरीको प्रायोजन र पर्यटन बोर्डको प्रवर्द्धनमा गरिएको हो । महोत्सव १० गतेसम्म चल्ने छ । महोत्सवमा विभिन्न जातजातिका भेषभूषा प्रदर्शन, दोहोरी गीत प्रतियोगिता र विद्यालयस्तरीय नृत्य प्रतियोगितादेखि घरेलु सामग्री, कृषि औजार, सुन्तला, कफी, मह र विभिन्न किसिमका तरकारी प्रदर्शनलगायतका कार्यक्रम राखिएका छन् । महोत्सवमा रेस्टुरेन्ट, बाल उद्यान संचालन गरिएको छ । महोत्सवमा ७७ स्टल राखिएका छन् । महोत्सवसँगै व्यापारिक चहलपहल पनि बढेको छ । मंगलबार महोत्सव उद्घाटन गर्दै भौतिक योजना तथा निर्माण मन्त्री गोपालमान श्रेष्ठले प्राकृतिक तथा भौतिक स्रोत साधनमा धनी भएर पनि स्याङ्जा पर्यटन र व्यापारिक रुपमा पछाडि परेको बताए । 'बेनी-बाग्लुङ राजमार्ग खुल्नु अघिसम्म व्यापारिक केन्द्रका रुपमा रहेको स्याङ्जा अहिले अत्यन्त पिछडिएको छ, प्रशस्त स्रोत-साधन भएर पनि पिछडिएको यो अभागी जिल्ला हो' उनले भने, 'सिथिल बनेको व्यापार र पर्यटनलाई पुनः जगाउन महोत्सवले मद्दत पुर्‍याउने छ ।' मन्त्री श्रेष्ठले माओवादीको सैन्य शिविरलाई आवश्यक पर्ने रकम राज्यले दिइसकेकाले उनीहरूले पनि चन्दा उठाउने काम बन्द गर्नुपर्ने बताए ।'
Read Full Discussion Thread for this article