Posted by: once in a while December 20, 2006
Why Girija is so Inconsistence ?
Login in to Rate this Post:     0       ?        
अरे राहुलभाइ, भगौडाहरुको नाम किन लिनु हुन्छ! तुलसी गिरी, परशुनारायण, प्रकाश कोइराला जस्ता हरुको कुनै पार्टिमा कहाँ कमि छ । दरबारले हरेक पार्टिहरुमा घुसपेठ गराउन खोज्नु त उनीहरुको धर्म नै हो नि । दरबार र माओबादी दुबैले अप्रत्यक्षरुपमा प्रजातन्त्रको बिरुद्धमा एकले अर्कालाई उपयोग गरेको पनि हो । माओबादीले पनि प्रहरिका पिउसा सिपाहीलाई मात्र हान्ने र सेनालाई नछुने,सेनाले पनि माओबादीका गुरिल्लासँग तर्केर हिंड्ने गरेकै हो ।युद्धको मैदानमा युद्धको घेरालाई सांघुरो पार्दै लागिन्छ । उनीहरुको रणनितिनै यही हो ।गिरिजा बाबुले माओबादीलाई राजनीतिको मुलधारामा ल्याउनु भयो भनेर केही साथीहरु खोक्नु हुन्छ-त्यो कुरो उहांले होलेरिमा सेना परिचालन गर्न खोजेबाट नै प्रष्ट हुन्छ कि उहां माओबादीहरुलाई निमिट्यान्न पार्न चाहनुहुन्थ्यो वा मूलधारामा ल्याउन चाहनुहुन्थ्यो । दल र माओबादीलाई एकैठाउंमा आउन पर्ने स्थिती त मूर्ख राजाले पारीदिए नि ।नत्र कम्युनिस्ट संग दूरी राख्ने तर राजासँग घाँटी जोडने त कांग्रेसी निती नै हो नि । बिपी कोइरालाले राजाको र मेरो घांटी जोडीएको छ भनेको बाट नै यो साबित हुन्छ । २०४६ सालको आन्दोलन भन्दा अघिको कुरा, २ वटा शर्तमा कांग्रेस पंचायती चुनावमा होमिन तयार थियो । शर्त के भने, सबै काङ्रेसी उम्मेद्वारले एउटै चुनाव चिन्ह पाउनुपर्ने, अनि अर्को कुनै पंचायती वर्गिय संगठनको सदस्य नहुने, जबकी त्यतिखेर पंचायती चुनावमा भाग लिन वर्गिय संगठनको सदस्य हुन अनिवार्य थियो । तर राजा बिरेन्द्रले यती कुरा पनि मानी दिएन र २०४६ सालको आन्दोलन भयो । अब आयो गिरिजाले राजतन्त्र बोक्छ कि बोक्दैन भन्ने कुरो । नरहरि आचार्यले संबिधान सभा र गणतन्त्रको कुरा गर्दा, पार्टीमा स्पष्टिकरण सोधिएको, गगन थापा, गुरु प्रसाद घिमिरे हरुलाई उल्टै राजाबादी भएको आरोप लगाईएको, बामहरुको कुरो छोडिदिउँ, प्रजातान्त्रिक कांग्रेसले समेत गणतन्त्रको कुरा ल्याईसक्दा, गिरिजा भने राजालाई स्पेस् दिन पर्छ भनेर लागेको, अरुहरु राष्ट्रध्यक्षा कि प्रम कि सभामुख हुन पर्छ भनेर लाग्द गिरिजा भने एक्लो त्यस्को बिपक्षमा भएको, जनमत संग्रह जस्तो जनताको प्रत्यक्ष मत बाट राजतन्त्रको भबिस्यको फैसला हुनसक्नेमा संबिधान सभाको घुमाउरो बाटो रोजेको, अब तपाईंनै भन्नुस् । वास्तवमा भन्ने हो भने राजतन्त्रको भबिस्यको फैसला गर्न न जनमत संग्रह नै चाहिन्छ, न संबिधानसभाको चुनाव, सात दल र माओबादीहरु को संयुक्त निर्णयबाट आज भने अझै भोली भने भोली नै सम्भव छ । राजतन्त्र कुनै पनि अवस्थामा रहनु भनेको प्रजातन्त्रको लागि खतरा हो । यो घाइते मात्र भएको छ, यसले तत्काल आक्रमण गर्न नसक्ला तर भविस्यमा जरुर गर्ने छ र त्यसको लागि पृष्ठभुमी हाम्रै नेताहरुले तयार पारीदिने छन ।
Read Full Discussion Thread for this article