Posted by: ramprasadneupane December 20, 2006
रामे को america अनुभव्!
Login in to Rate this Post:     0       ?        
... america मा सिख्ने क्रम् जारि थियो। सिखेका केहि कुराहरु पस्कदैछु ! public transportation: अर्को सिखेको कुरो मा यहाँको public transportation पनि पर्छ । अजिब अजिब अनुभव बटुल्ने मौका पाइयो । San Francisco Airport मा ओर्लिनसाथ कलेजको मान्छे लिन आएकोले खासै बस, ट्रेन चढ्या थिइन । Palo Alto बाट san francisco सर्दा भने पहिलो अवसर पाए caltrain चढ्ने । डरै डर ले टिकट कट्ने मेसिनमा पैसो हाले, सफल भएकोले होला, म ढुक्क भएको थिए । चढ्न त चढिएछ तर उल्टो पट्टी को ! ५-६ station पर पुगे पछी train मै भएको नक्सा हेरे, लौ मार्यो ... कता हो कता पो पुगियो । पछी खलाशी लाइ सोधे पछी थाहा भो, पारी पट्टिको track बाट चढ्ने रैछ । जिन्दगीमा भृकुटिमन्डप्को train बहेक अर्को train चढ्या भएपो ! Ticket!: Billy को कृपाले san francisco क बस पनि मनग्गै चढियो । सोम खल्ली रैछ । ticket कातीनास् भने ticket दिन्छ है भन्याथ्यो, आफु चाँही ज्यान गए नकाट्ने । मैले सुरुमा बुझ्या थिइन, ticket नै नकाटी कसरी ticket दिन्छ भनेर, पछी एउटा घटना म एउटा होजे भाई लाई मामाले ticket दिएको देखे पछी बुझे! अचेल भने म आँफै खल्ली भा छु । हराइदैन भन्ने थाहा भए पछी public transportation मेरो सब भन्दा प्यारो साथी भा छ । airport को कुराइ: आएकै दिन airport को घटना सुनाउन मनलाग्यो, कत्ती कुरो लुकाउने भन्या? college को मान्छे मलाई लिने ४ घण्टा ढिलो आयो, कुरो के रैछ भने म आइपुग्द college खुलेकै रैनछ, semester break रे । मैले पनि तीनैहरुलाई आफु आउने टाईम दिन भुल्या रैछु, गल्ती मेरो मात्रै होइन, kathmandu को त्यो दलाल institute को पनि हो नि, तीनीहरुले नि भन्दिनु पर्ने नि! खैर्, ४ घण्टा कसरी बित्यो तेस्मा आफ्नै मजा छ । Quarter महिमा: खल्तिमा आफुसँग २२ dollar चानचुन थियो, बाकी TC । हुन त ५० dollar thyo {kathmandu बाट हिड्दा र america deported मित्रले दिएको ८ वटा quarter, साथीले भन्या थियो -america सिङै यही २५ पैसा ले चल्या छ राजा, जहाँ गए नि काम लाग्छ, कोक पिउन नि यही, फोन गर्न नि यही, यस्सो broadway तिर गयौ भने बिशेष दर्शन गर्न नि यही ! बिशेष दर्शन को कुरो अलि पछी भनमला! नभन्दै त्यो ४ घण्टा college लाई २ कल फोन गर्दै ८ वटा सुक्को सिद्धियो । २ घण्टा पछी फोन गर्न खोज्दा आफुसँग चानचुन छैन, ल फसाद्! समान trolley मा राख्दै एअरपोर्ट चहारे, एक ठाउँमा phone card किन्ने मचिने रैछ, सँगै चानचुन साट्ने मेसिन पनि, म दाङ परे, तर मेरो नेपाली परले गुटुमुटु परेर जिन्सको खल्तिमा रख्या १-१ डलर चानचुन गर्ने मसिनले लिनै मानेन । अरु केही उपाय थिएन, हार मानेर फोन कार्ड किन्ने मेसिनम २० डलर हाले, ५ रुपैयाँको किनौला भन्या त ..... एत्रो .... ! २० डलर कै कार्ड पो दियो । त्यो २० डलरको कार्ड पनि जान्ने भएर नेपाल फोन गर्ने भएको, ३० मिनेट मै चट ! हातबाट भर्खर किन्या बरफ भुइमा झर्दा हुने बच्चोको जस्तो थुतुनो भा थ्यो मेरो । बाकी रहेको २ डलर पनि चल्दैन, कुन देशमा आइएछ बा? आउन साथ लुट्न सुरु, casting एस्तो झुर छ, फिल्म कस्तो हुने हो ! पहिलो american coke: १ घण्टा बाकी हुँदा फेरी एअरपोर्टमा बारालिदै गर्या बेला कोक् किन्ने मेसिन देखे, आफु सँग भा २ रुपैयाँ भएनी try गराउन त भनेर पहिलो हाले, लिन त लियो मोरो ले, तर मेरो पैसो खायो ! कोक select पनि गर्या हो ७५ पैसा को, कोक निस्किन लग्या पनि हो, तर किन हो मलाई मन पराएन कि मेसिन पछडिको साहुजिले, आड्मै आएर मेरो कोक अड्क्यो ! दुनियाँभरको button हरु थिच्दा पनि मेरो कोक नाऔने पक्का भएपछी, अन्तिम १ डलर हाल्न म वाध्य भए । आएको ३ घण्टा मै २१ डलर लुट्ने america ले मेरो के हाल पर्ने होला भन्ने कुरा ले मनमा खैलाबैला मचाइराथ्यो । अन्तिम १ डलर मेसिन ले ज्यान गए लिएन, ओल्टाइ पोल्टाइ, उल्टो सुल्टो सब किसिम ले प्रयास गरे, तर अह ! ज्यान गए लिदैन ! मेरो पछाडी एउटी लुगा ला जस्तो गर्या काली आएर उब्भियी, मलाई आशाजिलो लागेर छेउमा उब्भिए; मेरो दुख बुझेर होला "can i help you?" भनि, भोको लाइ तातो भात्, "yes, please" भन्दे, मोरी ले मेरो १ डलर लिएर आफ्नो पैसा हालेर मलाई कोक किन्दी, म दङ परे; मान्छे आफु परियो अलि handsome, काली पग्लिछे क्यारे! काली को त यो हाल छा झन गोरी मैया हरु को के हाल होला? पहिलो कमाइ: आएको ४ घण्टा नपुग्दै म america मा कमाउन लग्या थिए । हजुर ! मेरो पहिलो कमै ७५ पैसा हो कि १ डलर थियो ।।। जे होस् कमाएको थिए ! कसरी भन्नु होला? san francisco airport बाहिर चुरोट खाएर कुरी रहेको बेला, एउटा काले को चर्तिकला बाट म प्रभावित हुन पुगे !airport म जथाभाभी छाडिएका trolley हरु बटुल्दै एक ठाउँ मा मिलाएर रख्दै थियो तेस्ले, सुरु मा जाँठा कर्मचारी होला भन्ठान्याथिए, तर होइन रैछ !trolley हाले पिछ्छे मेसिनले पैसो दिदो रैछ, सब trolley हाली सके पछी तेस्को आँखा मेरो trolley मा थियो, म पनि के कम्, ज्यान गए दिन्न भनेर छोडदै छोडिन । college बाट केही बेर मै मान्छे लिन आएपछि मेरो trolley आँफै मेसिनमा हालेर पहिलो कमाइ कमाए ! पैसो कमाउन आ को पो त ! एत्रो अरु लाई दिनु? american भाषा: america क केही शब्दले मेरो दिमाग तिरिमिरिझ्याइ पार्याथ्यो सुरु सुरु मा !बुझ्नै गाह्रो, जस्तै: how are you doing? -तिमी कसरी गर्दै छौ? कसरी भनम नि हातले हिसाब गर्ने गर्या छ ! how is it going? -त्यो कसरी गै रा छ? कस्लाइ भन्न खोज्या हो? मलाई चाँही किन सोधया होला? what's up? -माथि के छ? माथि हेर्छु, आकाश मात्रै छ बा! cool -चिसो यो चाँही बडो घतलाग्दो शब्द यिनिहरुको, जे को पनि पर्यायवाची ! अघी को 'बिशेष दर्शन' को कुरो: कुरो के भने Billy जि एउटा weekend निक्कै तात्तिए, Ronnie जि भएन, एस्सो बार सार जानु पर्‍यो, america हेर्नु पर्‍यो, हिडौं जाँउ भन्न थाले । लौ न त जाउ भनेर पछि पछि लागियो, २ वटा बारमा त छिर्नै दिएन । एउटामा formal dress लाएको हुनु पर्ने रे, अर्को मा चाँही मैले ID नबोक्या भएर, गलती त मेरै हो, passport बोक्नु पर्ने बोकिएन, केही सिप नलागे पछो Billy जि र म एउटा liquor store बाट बियर कागजमा बेरेर union square तिर लाग्यौ , कारीब १ घण्टाको बसै पछि राती १ बजे billy जि को दिमाग्मा एउटा कुरा फुर्यो, अलि अलि बियर ले हान्या रैछ क्यारे मित्र लाई "तपाईं मुजी लाइ आज कुनै बिशेष ठाउँ नलागि छोड्दिन बुझ्या हो?" भन्न थाले । लौ त जाउ, मैले मुन्टो हल्लाए । आफु परियो tanker घ्याम्पो, १ कार्टून बियर, १ फुल्ल challenger, रत्नपार्क को २ पानी तोङ्बा हानेर तेस् माथि २ stick गाँजा हान्दा त केही नहुने, बेलुका घर जाँदा kathmandu को जुन कुना मा भएपनि कमलपोखरि चोक कोपान पसला को पान खानै पर्ने, १ पान हाने पछि सब थोक clear, fresh; घर पुग्द कसैले सोधी हाल्यो भने आज अलि बढी काम थियो, त्यै भएर ढिलो भने पछी सब फिट ! बिशेष ठाउँ के रहेछ भन्या त लाजै मर्दो, सुरु मा त जानै लाज लाग्यो, billy जि नि १ चोटि गा जस्तो माने । कुरो के रैछ भने, quarter झ्याल म खसाल्नु पर्ने रे, एउटा quarter हाले पछी ४ मिनट हेर्न पाइने रे ! के हेर्ने भन्नु होला ? के हुन्थ्यो नि त्यै .... कस्तो कुरो नबुझ्या ? .... मुखै खोलौ र भन्या ? लौ त.... पैसा हाले पछि एउटा cabin भित्र जान पाइने रैछ, भित्र चुकुल लाउन मिल्ने । होइन ... होइन .... चुकुल लगाइ सके पछी चाँही quarter हाल्ने हो ! बिस्तारै झ्याल खुले पछि रमिता देखियो ... आफ्नो त भेजा out ! झ्याल बाट देखिने रमिता अचम्म को थियो, अभुतपूर्व, कहिलाई नदेख्या (देख्न त देख्या हो तर यसरी देख्या चाँही होइन) ... वाह्! america गजब छ यार्! खल्ती मा भएको ४ डलर को १६ quarter हाल्दै हेर्दै गरियो । बाहिर आएपछि, एउटा नयाँ जोस्, एउटा नयाँ कौतुहुलता मेटिएर शान्ति अनुभव । म billy जि लाइ देखेर दङ्, उ मलाई देखेर । यो कुरो मा चाँही मैले billy जि लाइ माने! वाह्! america, एउटा सुको को एत्रो चमत्कार ? यस्तो power? क्रमश .... बाकि कथा comment तथा guess पछी ..... कथा तुरुन्तै टक्र्याउने छु, कथा तयार् छ paste मात्र गर्न बाकि छ !
Read Full Discussion Thread for this article