Posted by: once in a while December 20, 2006
Why Girija is so Inconsistence ?
Login in to Rate this Post:     0       ?        
साइबरहर्के, तिमी गिरिजाको समर्थक हौ भन्दैमा गिरिजाको आलोचना गर्ने जती सबै ज्ञानेन्द्रको टट्टू हुंदैनन के । रह्यो गिरिजा कत्तिको महान हुन भनेर । वास्तवमा भन्ने हो भने जनआन्दोलन २०४६ को उपलब्धिलाई भाताङ्भुतुङ पार्ने, प्रजातन्त्रको खिल्ली उडाउने र राजालाई प्रजातन्त्रको घाँटी निमोठने वाताबरण सिर्जना गरी दिने नै गिरिजा प्र कोईराला हुन ।आफ्नो नीती र कार्यक्रम आफ्नै पार्टीका सांसदहरुले फेल गराईदिएपछि, राजिनामा दिने नैतीकता नदेखाई संसद भंग गरी देशलाई मध्यावधी चुनावमा धकेल्ने यिनै कथित महान नेता हुन । मध्यावधी चुनावमा बहुमत गुमाइसकेपछि, एमालेलाई ९ महीना पनि सरकार चलाऊन नदिइकन पूर्व पञ्चहरुको पार्टी राप्रपा को साझेदारीमा सरकार बनाई घृणीत बिकृति भित्र्याउने यिनै हुन ।त्यती मात्र हो र, आफ्नै पार्टीका शेर बहादुर प्रम भएको यिनले कहाँ देख्न सकेर्!२ जना आफ्ना पक्षधरलाई विश्वासको मत लिने बेलामा अनुपस्थित गराई शेर बहादुर लाई प्रम बाट हटाई हाले ।यिनले न गणेश मान जस्ता नेताको मान राख्न सक्ए, न कृष्ण प्रसाद भट्टराईलाई टिक्न दिए । आफु प्रम भएको बेलामा माओबदीलाई किलो २ शेरा अपरेशन गरेकै हुन । प्रजातन्त्रको बिरुद्ध माओबादीलाई अप्रत्यक्ष्य उपयोग गर्ने राजाको निती अनुरुप्, सेनालाई गिरिजाले चाहेजस्तो चलाऊन नसके पछि बल्ल यिनले राजीनामा दिए ।त्यसपछि प्रम भएका शेर बहादुरलाइ यिनले कहिले सहयोग गरेन, जसरि हुन्छ छिर्की हानेर लडाउन खोजे । गिरिजा कम्यिनिस्ट फोबिया भएका मान्छे हुन । राजाले घांस् हाल्न छोडेपछि, भित्तैसम्म पुर्याएर राजाले अंचेड्न खोजेपछि बामपन्थीसँग न मिली सुकै थिएन । तैपनि संबिधान सभाको पक्षमा बोल्ने नरहरि आचार्यलाई यिनले स्पष्टिकरण लिए । गणतन्त्रको नारा बोक्ने गगन थापा, नरहरि आचार्यलाई नै उल्टो राजाबादीको आरोप लगाई राजाको समर्थन आफुले लिन खोजे । यता माओबादीसँग कार्यगत एकता हुने चांजोपंजो भैरहेको थियो, उत यिनी राजालाई के भन्थे भने, सरकार, दल र माओबादी मिल्ने स्थिती आउन दिन भ्एन । दल र माओबादी मिलेमा ठुलो अनिष्ठ हुनेछ । तर सिल्ली राजाले त्यो कुरो के बुझ्ने र, त्यो गिरिजाले नचाहेको अनिष्ठ भैहाल्यो र माओबादीको एमाले प्रतिको पूर्वाग्रही सोचको कारणले प्रम को चिट्ठा गिरिजालाई परिहाल्यो ।गिरिजाले भूत्रो नेतृत गरेका हुन र ? तीनऐ भांजी शैलजा कम्युनिस्ट सँगको को अप्राकृतिक गठबन्धन हुँदैन भनेर लास्टै गर्दै थिइन्, तिनैलाई भारतको राजदूत को लागि मामाले भिटो प्रयोग गरेर सिफारिश गरिहाले । अब अहिले, माओबादी हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आउन लागेको बेला उनिहरुलाइ समेत विश्वासमा लिएर काम गर्नु पर्ने बेलामा, अहिलेसम्म नगर्नु परेको राजदूत नियुक्ती सिफारिश अहिले किन गर्न पर्‍यो ? माओबादीहरुलाई फेरी उत्तेजित तुल्याएर जंगलनै फर्काउने यिन को शुर त होइन ?
Read Full Discussion Thread for this article