Posted by: samiksya December 20, 2006
किनकी म तिमीलाई माया गर्छु !
Login in to Rate this Post:     0       ?        
किनकी म तिमीलाई माया गर्छु ! --------------------------------- बोली बन्द भए यता म तिम्रो आबाज बन्दै आएको छु ! सम भोगका कुराहरु छाड, म माथी भई आएका हमला गर्न घाईते हुंदा पनि म तिम्रो हात समाई रहेको छु ! च्यातिएका कुम र कुहिना टाल्न तिमीले टालो ल्याउन ढिला ‍गर्यौ र आसक्त नजरहरुलाई मेरा अङ्ग चियाउने मौका दियौ ! म तिम्रो निम्ति लाज पचाउदै आएको छु ! मैले बुझेको तिम्रो परिस्थिती कमजोरी, गरिबी, मनस्थिति भन्दा भिन्दै नियत निस्कदै थिए ! अनि तिमी मबाट उठेका केबल सतहका आकारहरु मात्र हेर्न चाह्यौ, गहिराईका भावहरु केहि सुन्न नचाहदा पनि, ‍म आँखा चिम्लेर सहर्ष समर्पण गरि रहेको छु सर्बाङ्ग ! र आबश्यकताहरु सबै नकारेर म तिमी सित छु हमेसा दङ्ग, किनकी म तिमीलाई माया गर्छु ! (समरभिल, म्यासाच्यूस॓ट्स)
Read Full Discussion Thread for this article