Posted by: krk_nepali December 19, 2006
साझा वर्षपुरुष
Login in to Rate this Post:     0       ?        
साझा डट कमले मलाई २००६ को साझा वर्ष पुरुष घोषणा गरेकोमा म साझा परिवार र साझा प्रयोगकर्ता सबैप्रति हार्दिक कृतज्ञता र धन्यवाद ज्ञापन गर्न चाहन्छु । यसका साथै जीवनमा सधैं राम्रो कुरा सोचौ सभ्यता र संस्कारलाई आफ्नो अमूल्य गहना सोचौं । मैले अगाडि पनि भन्दै आएको थिए - गोलमालको विषयमा ! सृजना आफैंमा एउटा सुन्दर उपहार हो । अरुहरु धेरै स्रष्टाले जस्तै अर्को एउटा उपहार शिव प्रकाश पनि नेपाली भाषा र साहित्यलाई दिएका छन् । परदेशको यो ब्यस्त ठाउँमा बसेर सृजनाका लागि साधनारत रहन सक्नु आफैंमा झन महत्वपूर्ण छ । मैले गोलमाललाई महत्व दिनुको अर्थ अन्य केही नभएर म त्यसको एक समीक्षक हुनु मात्र हो । त्यही समीक्षकको नाताले गोलमालबाट यहाँ अर्को कविता प्रस्तुत गर्ने अनुमति चाहन्छु । अन्त्यमा तपाइँको पहिलो परिचय भनेको तपाइँको बोली र भाषा हो । सभ्य भाषा सधैं सुरम्य र मननीय पनि हुन्छ । धन्यवाद "जब् लेटर" शिव प्रकाश सर्वप्रथम "आइ कम नेपाल फ्रमू" अंग्रेजी मूला पटटट् पड्काइ दिन्छु यसमा तल्कुरे न बर्धन्ने यस्ता नाथे भाषा सिधै भटटट् भट्याइ दिन्छु । हुटेलमा पाँच वर्ष घुँडा धसी बटुलेको अनुभवलाई ठूलै मान्या छु कलेजको डिग्री भन्दा मेरो डिग्रीलाई मैले खाँटी ठान्या छु । हुटेलमा ग्राहकका सामुन्ने म बोको हाँसे जस्तो ङिच्च हाँसी दिन्छु पछिल्तिर परेपिछ त्यसका बाउलाइ गार्खे मुड्की उज्याउँछ लाप्प लुप्प खाइ हिड्ने कष्टुमरलाई धेरै धेरै धन्यवाद दिन्छु ट्वाक तानी ढिला गर्ने बजियालाई काउछो लगाइ दिन्छु । हुटेलमा "बीजी" हुन थाल्यो भने भुँडी छामी टट्टी लाग्यो भन्छु बाथरुम भित्र छिरेपिछ धेरै हैन पौने घण्टा मात्र लाउँछु । हाँडा-भाँडा नमस्काएरै चाँदी जस्तो टलक्क टल्काइ दिन्छु नटल्किए ती ठाँडालाई गार्वेज तिर सिधै मिल्काइ दिन्छ । टेबुल-कुर्सी दायाँ-बायाँ उल्टो-सुल्टो ट्याक्कै मिलाइ दिन्छु नमिलेर खुल्टुङ्-खुल्टङु् गर् यो भने त्यसका खुट्टा मरक्कै मर्काइ दिन्छु । पिलेट बोक्नेदेखि लिएर सिलेट घोट्नेसम्म साह्रै सिपालु छु । नागा-बुङ्गासंग पड्किए नि तरुनीका लागि म साह्रै कृपालु छु । छिटो छरितो काम गर्छु टाक्क-टुक्क ठ्याक्कै मिलाइ दिन्छु मै हुँ भनि फूल्नेको म धोती, हावा दुबै फुस्काइ दिन्छु । गर्नेभन्दा गराउने ठूलो भन्ने मूलमन्त्र सँधै खोपडीमा राख्छु मैले मेनेजरी गर्न पाएँ भने केही दिनमै रेष्टुरेण्टलाई पूरै खोल्मा बनाइ दिन्छु । "जब् लटेर" हेर्नुहोस् मरो गुनैगुनको खानी हुँ म अवगुन छ यौटा एउटै छ पोर्बोलेम मेरो हरके साँझ रित्याउँछु कम्तिमा दूइटा घैटा । मे १७ २००५ बोष्टन अमेरिका
Read Full Discussion Thread for this article