Posted by: Birkhe_Maila December 17, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
Gloomy sunday आफ्नै पाराको translation ! आइतवार! उदास छ! मेरा समयहरु, जड् र सुतेका छन्! मेरा आफ्ना, प्रीय छायाँहरु, जससंग म समय बिताउँछु अनगिन्ति छन्! साना सेता फूलहरुले कहिले पनि तिमीलाई बिउँझाउने छैनन्। काला; पिडा र दुखका गाडिहरुले तिमिलाई त्यता लगेका हुँदैनन्। देवताहरुलाई पनि तिमी फर्कने बिश्वास छैन यस्तोमा मैले तिम्रो साथ खोज्दा देवताहरु रिसाउँदैनन र? ऊफ! उदास आइतवार!! उदास छ आइतवार! मैले बिताएका छायाँहरु संगै मेरो मन र मैले यो सबै अन्त्य गर्ने निश्चय गर्र्यौँ! मलाई थाहा छ; छिटै नै त्यहाँ मैनबत्ति बलेका हुनेछन् र प्रार्थनाहरु हुनेछन्! तर तिनिहरुलाई रुन नदिऊँ है? तिनिहरुलाई थाहा दिऊँ कि म खुसि छु जानको लागि मृत्यु!! कुनै सपना हैन किनकि मृत्युमा, म तिमीलाई सुमसुम्याई रहेको हुन्छु! मेरो आत्माको अन्तिम सास संगै, म तिमीलाई शुभकामना दिइरहेको हुन्छु!! ऊफ! उदास आइतवार!! सपना!!! म केवल सपना देखिरहेको थिएँ! म बिउँझिएँ, र भेट्टाएँ तिमी निदाईरहेको; मेरो मुटुमा, भित्र कतै गहिरोमा प्रीय! म आशा गर्छु मेरा सपनाहरुले तिमीलाई कहिल्यै अत्त्याएनन् मेरो मुटुले भन्दै छ कति धेरै म तिमीलाई चाहन्छु!!!! ऊफ! उदास आइतवार!!!
Read Full Discussion Thread for this article