Posted by: gwanche December 17, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
गजबको धागो, एक से एक प्रस्तुतीहरु! म पनि यो धागोमा घुसपैठ गर्ने दुस्साहस गर्दैछु, भुलचुक माफ पाम । नाटक रात उस्तै छ, उस्तै छ दिन पनि पात्र फरक छन उहि दृस्य भए पनि न त त्यहाँ तिमी छौ, न छु त्यहाँ म नै समय परिवर्तन भइसकेछ एक निमेश मैं जीवन हाम्रो एउटा नाटक भएछ अझर ठानेको सम्बन्ध त केवल क्षणिक रहेछ अनायास तिम्रो हात समाउन पुगेछु अधरमा तिम्रो माया गरेछु क्षणभर मैं तिमी मेरो आलिङ्गनमा बाँधिएछौ मुटुको धड्कन बढ्न थालेछ अफसोच एकछिन मै नेपथ्यबाट पर्दा खसेछ नाटकको दृस्य त परिवर्तन भइसकेछ जन्मदिनको शुभकामना तिमीलाइ दिन पुष्प-गुच्छा सहित तिम्रो घरमा पुग्दा कति प्रफुल्लित भएकी थियौ तिमी त्यो क्षण कहिल्यै नबिर्सिने बाचा गरिथ्यौ वाचा त आखिर टुटाउन सकिने नै भो वास्तविकता होइन यो त नाटक पो हो तिमीलाइ सधैं म पर्खिरहन्थे भेट्दा तिमीलाइ कति म प्रफुल्लित हुन्थे सँगै गन्तब्य हामी पछयाउँथ्यौं दिनभरि तिमीलाइ नै हेरिरहन्थे एकाएक नाटकको दृस्य बद्लिंदा थाहा पाएँ केवल म त निमित्त नायक रहेछु सँगै भविस्यको योजना बनाएको हात समाइ केही पल यात्रा गरेको आफ्न भावना तिमीसँग साँटेको जीवन तिमीसँग बिताउने कामना गरेको मेरो आकाँक्षा यो त मिथ्या रहेछ यो सब त केवल अभिनय रहेछ गुनासो अब मेरो केही छैन ब्यबसायिक कलाकार म बन्न सकिन अभिनयलाइ मैले वास्तविकता ठानेछु नाटकलाइ मैले जीवन मानेछु सुखद या दु: खद, नाटकको अन्त्य त हुनु नै पर्छ कलाकार परिवर्तन भए पनि नाटक त सँधै उही रहन्छ कलाकार परिवर्तन भए पनि नाटक त सँधै उही रहन्छ
Read Full Discussion Thread for this article