Posted by: ramprasadneupane December 15, 2006
रामे को america अनुभव्!
Login in to Rate this Post:     0       ?        
...... जेनतेन गरेर first semester सिद्ध्याइयो , नेपाल् बाट ल्याएको बजेट २ महिना मै सफाचाट् भए पछि मलाइ tension हुन थाल्याथ्यो, धन्न काम् पाएको थिये। Palo Alto बाट first semester सिध्याये पछि म spring मा san francisco सरे। नया ठाउ, नया साथिहारु, City Collegeमा transfer गरे देखि मलाइ अलि हलुको भएको थियो, फी सस्तो, किस्ता मा तिरे हुने, नया काम् खोज्ने Tension भने छदैथियो। तिन् जना साथिहरु मिलेर एउटा apartment लियौ। एक् जानाको भागमा ३००, ठिकै हो। एउटा धोति भाइको restaurant मा काम् पनि पाइयो १५००, खाना फ्री रे, अफ्नो त promotion भै हाल्यो नि! सानियाको अगाडि नपर्ने यो भन्दा अर्को राम्रो तरिका थिएन। life मा love त कति गरियो कति तर तेस्तो झट्का भने पाएको थिइन। हुन त नेपालमा मा हन्टर् नै थिये रे, केटाहरु ले भन्थे, च्वाँक् त देख्नै नहुने। TC मा ISC पढ्दै देखि RX किन्या थिये, मेरो बुढो RX ले कति जाना लाइ बोक्यो तेसको कुनै लेखा जोखा छैना। जुनालाइ लिएर त एक् चोटि kathmandu बाट नेपालगन्ज् सम्म को टुर समेत् हन्या थिए। त्येत्ति बेला माओबादि हरु उम्रीसक्या थिएनन्। जहा जाउ, सडक् आफ्नै थियो। हेटौडा को night stay पछि अर्को stop नेपालगन्ज् थियो, साथि shopping भने पछि मख्ख। रुपेढिया को shopping ले उस्लाइ पुग्या थियो। नेपालगन्ज् देखि कर्नालि पुल् सम्म को trip चहि बबाल् दामि थियो। landscape सिधा रोड्, जङल्, रोड् को छेउमा अग्ला अग्ला elephant grass र कर्नालि नजिक् पुग्दै जादा घना जुङ्ल् माथि बिस्तारै उम्रीदै आउने कर्नालि को पुल् ………… हरिप्! श्रीयालाइ TC देखि नै मन् पराइएको थियो। हाम्रो affair ५ बर्स सम्म मा ४ चोटि break up हुदा पनि चलिराथ्यो। ISC second year पढ्दा जाच् आउनु अघि बिहे गरौ भने पछि चहि मलाइ अति भाथ्यो। बिहे रे! ताल् ताल् का हुन्छन् यार्, उसको घरमा बिहे को कुरो आयो भनेर मैले बिहे गर्नु रे! सोझै break up कुरै छैन । १ महिना सम्म भेट्घाट् बन्द्, बिचमा एउटा रगतले लेख्या चिठ्ठि पनि आयो, मैले बाल् दिइन, कुरो खत्तम्। सोम् हिन्दि फ्लिम् बढि हेर्थि क्यारे। BSC मा गए पछि आफ्नो बचपना को लागि sorry भन्दै थिइ, we patched up again! BSC 3rd year देखि हरेक् बर्ष नया बर्षमा हामि सौराहा जाने गर्या थियौ। सौराहा, अर्को स्वर्ग! गाजाको बानि सौराहा बाटै सुरु भएको थियो, जीवा दाइ को बार् बाट, सौराहा sunset view beach को त्यो बार् मा बर्ष मा दुइ पल्ट सम्म धायिन्थ्यो, एक् चोटि मैया सङ, एक् चोटि केटाहरु सङ । जिवा उर्फ् जीवन् चौधरि । *** kathmandu बाट america आउने चक्करमा आउनु अघि किसिम् किसिमका कुराहरु भये। love पनि पर्यो tragedy पनि। toefl दिए देखि, अझ भनौ gyaneshwore को American Center जान थाले देखि म serious भएको थिये। केटाहरु सङ सङत् गर्न पनि छोडे, सब् रिसाएका थिए। उहि बेल्का गल्लिमा चुरोट् खादा मत्रै भेट् हुन्थ्यो, कुपन्डोल्को बाग्मतिको किनारमा गफ् गर्दै america, Uk, australia मध्ये कुन् ठिक् भन्ने बिषय नै प्राय चल्थ्यो। केटाहरु पनि ऐठन् थिये, ठिस् ठिस् हरु, america चाहि सब् लाइ जानु चहि पर्ने रे तर कसरि, किन, कहिले, कहा बाट कसैलाइ बाल् थिएन। गफै त हो, कुरै बढि, मोटे भने हरेक् महिना तात्तिन्थ्यो, toefl को कुरा आउनासाथ् सेलाउथ्यो। कुरो जहिले पनि पैसामा आएर अड्किन्थ्यो, toefl दिने पैसा कहा बाट आउछ भनि। हुन त सब् केटाहरु काम् गर्थे तर हाम्रो ताल् उस्तै थियो, सब् को। गाँठ् हुनै नहुने, ट्वाट् चाहिहाल्ने, पुतलिसडकको प्रेम् सेकुवा, खशि को सुप्, सातदोबाटो को धरानको कालो बङुरको पोलेको ताजा मासु, पुलिस हेड्क्वाटर् पछडिको नान र सेकुवा, पाटन् कृष्ण मन्दिरको छ्याङ् … पैसा उडाउने बिभिन्न उपायहरु थिए सब सङ्ग।
Read Full Discussion Thread for this article