Posted by: ramprasadneupane December 15, 2006
रामे को america अनुभव्!
Login in to Rate this Post:     0       ?        
..... सानीयाले तेस्रो तल्ला को आफ्नो रूममा लागि, भित्र पस्ना साथ भनि it’s a mess, hope you don’t mind मैले ठिकै छ भने । बेडमा बसेर सिरानी मुनी बाट पाउच झिकी, हरियो सल्सलाउदो गाजा, कस्सिएको सानीया को जिउ जस्तै, पाउच खोल्ना साथ मग मग सुगन्ध ले कोठा भरियो, अमिलो आपको गन्ध! वाह्! धेरै भएको थियो आफ्नो पुरानो चिरपरिचित गन्ध को आभाश पाएको । kathmandu east-साँखु, kathmandu west- इचङ्गुनारायण, kathmandu south-चापागाँउ र kathmandu north- बुढानिलकण्ठ, स्वाद स्वाद का, किसिम किसिमका … हुन त मैले छोडेको ४-५ महिनै भैसक्या थियो तैपनि, पाएको बेलामा कसरी प्रसाद लाइ नाइ भनौ? (भन्दया नि!) मैले सुर्य को सुर्ती झार्न लागेको देखेर सानीया ले what’s that? भनि, मैले I used to smoke like this भने, पछी उस्ले चिलिम झिकी, मोरी त सोझै खादी रैछे, म तीनछक परे, kathmandu मा एक से एक भेटियो, केटी हरु पनि उस्ताद उस्ताद भेट्या थिए तर सानीया ले सब लाइ पछाडि छोड्दै थिइ । २ सर्को तन्ना साथ मेरो आँखा अगाडी तिर्मिर तिर्मिर हुन थालेको थियो, सबै कुरा फेरी रमाइलो लाग्दै थियो, हलुको, निस्फिक्री र खुला … म बेड म पल्टिए, सानीया छेउमै पल्टियी, झ्याप भएकोले होला कुनै कुबिचार मन मा थिएन …म आफ्नै दुनियाँ मा मस्त थिए, अर्को सर्कोले मेरो घाटि भेट्यो अनि अर्कोले लहरे खोकी … खोके पछि चाँही मलाई लाग्छ, म झ्याप थिए! सानीयाको उन्मुक्त स्पर्शले मेरो दिमाग ठेगानमा आयो, केही बेर मै मेरो होश हावाश उड्यो जब मैले चाल पाए, सानीया केटी नभएर केटा रैछे ।मैले I thought… मात्रै के भन्या थिए सानीया म सँग पड्की, why you don’t like me no more? मैले भने hey, I like women, but… सानीया ले सोधी if I were a girl…then? मैले भने no doubt! But you know I can’t think about this… its better to remain friends… don’t get mad at me. त्यस्पछि को २ घण्टा सानीया ले आफ्नो बृतान्त सुनाउदै थिइ, Bangladesh बाट boston आए देखि, उ transgender भएकी ले परिवार ले बेवास्ता गरेको कुरा देखि, mexico मा २००० मा सारीर परिवर्तन गरेको कुरा देखि, उस्का ४ वटा boyfriends हरुको कुरा देखि सबै खुलस्त भन्न लागि । एउटा transgender सँग को मेरो पहिलो सक्ष्यात्कारले मेरो होस् हावास् उडाइसकेको थियो । केही बेर मै हामी त्यहाँ बाट निस्क्यौ, होजे मलाई हेरेरा मुस्कुराउदै थियो! *** Apartment खोज्न कम्ती गार्हो भएन, बल्ल बल्ल एउटा नेपाली दाइ सँग भेट भए पछि मलाई नेपालीroommate मिलाइदिए, Billy…Ji पछि मात्रै थाहा भयो उस्को नाम बल बहादुर बोगटी, म जस्तै नामको ममलामा चुकेका रैछन । मैले सोचे TripleB नाम किन नरख्या होला! उन्को र मेरो भेट हफ्ता मा २ दिन हुन्थ्यो शुक्रबार राती जब मेरो off थियो र सन्डे बिहान । उ आफ्नै दुनियाँ मा म आफ्नै दुनियाँ मा । करीब १ महिनाको बसाइ पछि मात्र हामी बिच धेरै घुलमिल भएको थियो, corona, heiniken, Seirra Nevada मा हाम्रो कुरो मिल्थ्यो । कुरै कुरामा उनको र मेरो एउटै टोलको केटी माथि crush रहेको कुरो पनि खुल्यो, ईन्द्रचोक कि मन्दिरा । तर सोम म भन्दा खप्पिश रैछ, letter दिन भ्याइसक्या रैछ अनी एक चोटि पुतलिसडक बाट ईन्द्रचोक सम्म bike मा drop पनि गर्दया रे! मैले पत्याए! उश्! मन्दिरा को दाइ फेरि एक् नम्बरको ठीस्, इन्द्रचोकमा दिउसै तर्बार् लियेर हिड्ने खालको, सोमलाइ देखे पछि मेरो मन्दिरा प्रति को उम्रीन लागेको मायाको टुसा, तुहिएको थियो । ***
Read Full Discussion Thread for this article