Posted by: Hi_nanu December 15, 2006
Interesting letter to Prachanda!
Login in to Rate this Post:     0       ?        
Well written...Murkha(Maobadi) dekhi daiba daraunu? K garne...no other solution brings peace... Chahe Prachanda ko Uchai ghatos ya bados...We want peace hoina ta... They are yet another politician as Saswat's poem says... - साश्वत मलाइ पनि आज उज्यालो देख्न मन लाग्यो कस्तो हुन्छ उज्यालोमा हिड्न मन लाग्यो जङ्गल भित्र रमाउने यो मनलाइ पनि आज शहर हेर्न मन लाग्यो मनै त हो मेरो पनि किन किन आज मलाइ मन्त्री बन्न मन लाग्यो ।। रमाएकै थिए हिजो नाबालक को हात मा बन्दुक थमाउंदा आनन्द नै आउंथ्यो हिजो काले कान्छाको गोलीले सुन्तली बिदुवा भएको सुन्दा ठुलै जित भएझैं लाग्थ्यो बाउको क्रीया गर्न बसेको छोरोलाइ गोलि हानियो रे भनेको सुन्दा ।। के गर्ने? अरु केही गर्न सकिएन, मान्छे मार्न नै सबै भन्दा सजिलो जङ्गल मै बसे पनि छु म शहरिया भन्दा रसिलो ।। जङ्ग चल्यो, बिध्वंसकारी नेता बन्न मन लाग्यो दस बर्स भैसकेछ मान्छे मार्न थालेको, एक छिन थकाइ मार्न मन लाग्यो किन किन आज मलाइ मन्त्री बन्न मन लाग्यो ।। सराप्दै होलान् धेरै बिधुवाहरुले, ति नाबालख मा नै बाउ गुमाएका छोराहरुले के गर्ने नगर्नु गरि सकें, छोडिदिउं चटक्कै भने मार्छन् आफ्नै मोराहरुले ।। न भए म घर को न रहे घाटको नै, सबै सिध्याइसकेपछि किन आएको अहिले यो बुद्धि चाहिं? जे नहुनु थियो भै सक्यो, अब त जान्न जङ्गल, उज्यालो मै बांच्ने रहर जाग्यो किन किन आज मलाइ मन्त्री बन्न मन लाग्यो ।।
Read Full Discussion Thread for this article