Posted by: ramprasadneupane December 14, 2006
रामे को america अनुभव्!
Login in to Rate this Post:     0       ?        
..... सानियाको हेराइ, मुस्कान् र र्‍याल् चुहाउने शरिर् देखेर को लोभिदैनथ्यो होला र? So you got to school too?" -yes hmm..see you around -ok मेरो बोलि त्यत्ति थियो, न एक् शब्द बढि न एक् शब्द कम्,जे होस् बबाल् होल जस्तो छ, मन् मनै सोचे। आयेको एक् हफ्ता मै येत्रो प्रगति? वाह् रामे, मैले एक् चोटि फेरि आफु लाइ बधाइ दिये, बेलुका नेपाल् कुरा गर्दा मोटे लाइ भन्नै पर्ला जस्तो छ। मोटे मेरो सानै देखि को साथि, साले लै america जाउ भन्दा भाउ खायो, मैले नि कर् गरिन । पछि america जाने party दिदा पो भन्दै थियो ... मुजि एक्लै मिलायिस् होइन ... साथि लाइ बाल् छैन है? party चाहि पुतलिसडक् को ड्याकुला पाउने भट्टि म दियेको थिये, मेरो र केटा हरु को favourite, ट्वाट् चहि बाहिरै बाट लग्यो, ५०० ले १२ जना लै र्‍याल्छ्याल्। त्यो सांझ् साहुजि पनि सङै बसेर खदाइ थ्यो, "ल मुला, भाइ टिमि याम्रीका जाने? ल ल हाम्लाइ नबिर्सिनु नि"; "काँ दाइ तपांइ को ड्याकुला ले तानेर येहि ल्याउछ नि, चिन्ता नगर्नुस् न!" (ड्यालुका-कसौडि मा ६-७ घन्टा सम्म पकाएको ठुलो खशि को स्वादिलो, मुखै रशिलो हुने तात्-तातो झोल्) *** बोस् ले nightshift ६ बजे देखि ११:३० बजे सम्म को duty म एक्लै लाइ दिये देखि सनिया daily आउन थालि। मेरो सामु पसल् अगडि अरु केटाहरु र customers सङ् टाँसिएरै कुरा गर्थि, मोरि झन् झन् च्वाक् हुदै थिइ। २ हफ्ता पछि होला, सानिया मलाइ coffee लियेर आइ, म दङ परे, शान् देखाउन भये पनि, नेपाल् बाट ल्याएको सुर्य चुरोट् पसल् अगडि गएर सल्काए, सानिया म सित आएर टास्सिइ, मेरो मन् मा चिसो पस्यो...तातो coffee सुरुप्प गर्दै धुवा फाल्दै घमन्ड का साथ् झन् झन् नजिक् टास्सिए। उस्ले आफ्नो हात् मेरो कम्मर् मा राखे पछि म ढुक्क भए ... मेरो मन् मा भुइचालो गैरहेको थियो। hey, you look good today -thanks how's the coffee? -yeah, its good... so where do you stay at? -umm, at my friends...i'm looking for a room actually मलाइ स्टोर् मै बसेको कुरा भन्न लाज् लाग्यो you have another one on you? -sorry? मैले कुरो बुझिन cigaratte? another one? -yes, sure what kinda cigaratte is this? -yeah, its from Nepal -lemme see मैले सुर्यको packet दिये एउटा काले cycle मा आएर रोकियो हाम्रो अगाडि। hey baby! -bloody faggot सानिया फत्फताउदै थिइ meet my boyfriend एक्कै चोटि मेरो हंश ले ठाउ छोड्यो, सानिया ले मलाइ boyfriend भनेर चिनाइछे, काले मुर्मुरिदै गयो त्यो दिन् सानिया पसल् बन्द् गरुन्जेल् बसि, मैले ok, its time for me to go भने पछि मात्रै गै। जानु भन्दा अगाडि सानिया धेरै बेर् सम्म अङालो हालेर उब्भियि, मेरो सरिर् म काडा उम्रीदै थिए। मैले उ गएको केहि बेर् पछि बन्द् गरे। भोलि पल्ट बबाल् भयो! बोस् गये पछि सानिया आयेर counter मै भित्र आइ, मैले केहि भन्न सकिन, ९ बजे तिर, सानिया ले पसलमा कोहि नभएको मौका परेर टास्सिन आइ, मैले सकेसम्म avoid गरे, illegal काम् गर्नु छ, केहि दाया बाया भयो भने के गर्ने? मेरो दिमागमा तेत्ति खेल्दै थियो ।म nervous भयेको देखेर होल, सानिया ले मुसुक्क हास्दै भनि: hey, you like me? -yes... you like some other girl? -no... एक् छिन् को मौनता पछि सानिया ले सोधि you do weeds? -sometimes मेरो दिमाग् ले फेरि ठाउ चोड्दै थियो, गाजा!!! के ताल् को केटि रैछ बा? मन् मनै भन्दै थिए! want some? you have some? later tonight -sure! वाह्! america मा आएर पनि गाँजा नछुट्ने भयो! धन्य भोलेनाथ्, जय् शम्भो! पसल् बन्द गरेपछि, सानिया ले आफ्नो रूम् तिर लगि, motel मा बस्दि रैछे, ९ बजे पछि Motel चिर्न ID चाहिने रैछ। मसित passport थियेन ।सानिया ले counter म भएको मोटे mexican लाइ होजे भन्दै, टास्सिदै, 10$ दिइ र मलाइ माथि लगि ... सानिया को चर्तिकला देखेर म ठिस् हुदै थिये!
Read Full Discussion Thread for this article