Posted by: chanaa_tarkaari December 14, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
स्कुलमा बदमास भए नि घरमा भने ज्ञानि । ट्रलिबस चढी झोला बोकि स्कुल सँधै जानि ।। फ्री चढ्यो ट्रलिबस पैसा तिरिएन । पैसा माग्ने कण्डक्टरलाइ तेसै छोडिएन ।। ट्रलिबसको कहानिमै बन्ला महाकाव्य । छोटकरीमा भन्दा हामी थिएनौ है सभ्य ।। आफन्तलाइ यस्तो कुरो थाहा कहाँ हुन्छ ? थाहा भए गाली खाने डर सधै हुन्छ ।। ज्यापु जि को प्यारो मिस पर्नु भएछ कमला । कमला मिसले गर्नु भयो मेरो गालामा हमला ।। किन भनि सोध्नु होला कारण त्यसपछि । थप्पड शायद ओखति हो बदमास भएपछि ।। पढ्यौ हाम्ले बिज्ञानमा करेण्टको बारे । २२० भोल्ट करेण्टले समाउँछ अरे । मैले भने होइन त्यो मलाइ समाउदैन । मिसले भने होइन कुरो म पत्याउदिन ।। मेरो पालो देखाइदिए नाङ्गो तार समाइ । रोक्नु भयो कमला मिसले चिच्याएर कराइ ।। केहि भएको थिएन मलाइ इन्सुलेटर जुत्ता थियो । छुनुभयो कमला मिसले झड्का खानुभयो ।। त्यसपछि त के चाहियो र मात्रा पुगिहाल्यो । नरिसाउने सज्जन मिसको थप्पड पनि खाइयो ।।
Read Full Discussion Thread for this article