Posted by: krk_nepali December 13, 2006
गोलमालबाट – २
Login in to Rate this Post:     0       ?        
मैले शिव प्रकाशको हास्यब्यङ्ग्य संग्रह गोलमालको समीक्षा पनि लेखेको थिए । गोलमालमा उनले जीवका दुःख र पीडाहरुलाई अनि घरदेश छोडेर परदेशमा बस्दा भोग्नु परेका कष्ठ र कठिनाइहरुलाई कलात्मक ढंगले हास्यमा उतारका छन् । वास्तवमा पीडालाई हास्यमा उतार्नु सजिलो पनि छैन । यस्तै यस्तै कविताहरुको संग्रह गोलमालभित्रका कविताहरु क्रमशः यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ श्रद्धेय पाठकहरुबाट लेखकले न्यायो माया र हौसला पाउँने छ । साथै स्वस्थ र सभ्य प्रतिकृया सधैं मननीय पनि हुनेछ – समीक्षक । लभ-लेटर ! शिव प्रकाश आदरणीय बूढी तिम्लाई सादर स्यालूट छ मलाई लाग्छ हाम्रो माया-पिरती अझै भ्यालिड छ । धेरै वर्ष पिछ बोष्टन सिटीबाट यौटा लभ-लेटर लेख्दैछु तिमी बिना भुङ्रो जस्तो रन्किएको मेरो मन हरिया डलरले अझै सेक्दैछु । के भनौ तिम्लाई बूढी स्याप्पै सुक्यो नेपालको त्यो मेरो भुँडी, तालु खुइलिएर आलु जस्तो भैसक्यो गिरिनकाडको आशै आशमा आधा उमेर यहीँ गैसक्यो । सुन बुढी ! गिरिनकार्ड पाए पछि लौरो किनी ल्याउँछु राम्रो डाक्टर खोजिकन आँखा जचाउँछु एक हातमा लौरो टेकी अर्को हातमा झोली बोकी एयरपोर्टमा तिमीलाइ भेटौंला भेटेपछि आपसमा माया-पिरती फेरि गासौला । अर्को कुरा साथीभाइले भन्थे बूढी अम्रिकामा सबै काम कम्प्युटरले गर्छ जुनसुकै काम पनि आजको भोलि हुन्छ तर यो सबै बकम्फुसे कुरामात्र रैछ के एत्रा ! हुन्थ्यो, भुत्रा ! हुन्थ्यो, हुने भए त्यो गिरिनकार्डु भन्ने प्लाष्टिककको पाप्रो छाप्न किन पाँच-सात वर्ष लाग्थ्यो ! एउटा कुरा बुझ मेरी परान पियारी केही वर्ष पर्ख अझै दायाँ-बायाँ गडबड नगरी । फेब्रुअरी ५ २००५ बोष्टन/अमेरिका ।
Read Full Discussion Thread for this article