Posted by: Makar Tantra December 11, 2006
मुक्तक को पालो!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
I liked these two: हरिभक्त कटुवाल कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन- अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो । भीमनिधि तिवारी पैसा तिर्नुपरे औषधि पनि नखाने सित्तैमा पाए विष पनि खाने हाम्रो समाजमा यस्ता मान्छे पनि छन् भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।
Read Full Discussion Thread for this article