Posted by: sprakashp December 9, 2006
अनुत्पादक क्षेत्र होइन साहित्य
Login in to Rate this Post:     0       ?        
अनुत्पादक क्षेत्र होइन साहित्य [ 2063-8-22 ]  कृष्णप्रसाद भण्डारी मुनामदन खण्डकाव्य हालसम्म २४ संस्करणसम्म प्रकाशित भइसक्यो । यसका चारलाख ६६ हजार प्रति छापिइसकेका छन् । सबै साहित्यकार देवकोटा हुनसक्दैनन् । सबै लेखनाथ र सम पनि हुनसक्दैनन् । वि.सं. १९९२ मा प्रथम प्रकाशन भएको मुनामदन हालसम्मकै र्सवाधिक बिक्री हुने पुस्तकमा स्थापित भएको छ । यसो हुनुमा यो पुस्तक पाठ्यक्रममा समावेश हुनु र यसको जीवन्त मार्मिक कथावस्तु भएर नै हो भन्नसकिन्छ । साहित्यको महìव र गरिमामाथि प्रकाश पार्दै संस्कृतमा एउटा भनाइ प्रसिद्ध छ- 'साहित्य-सङ्गीत कलाविहीनः साक्षात् पशु पुच्छ विषाणहीनः' तार्त्पर्य के हो भने साहित्य, सङ्गीत र कला नभएको व्यक्ति पुच्छर र सिङ नभएको पशुजस्तै हो । यसले के स्पष्ट पार्छ भने समाजमा साहित्यको स्थान उच्च छ, साहित्यविना समाजले सही बाटो पहिल्याउन मुस्किल पर्छ । त्यसैले भनिएको छ- साहित्य समाजको ऐना हो । त्यसैगरी स्रष्टा र्सजकहरूका बारेमा पनि नेपालीमा यो भनाइ प्रसिद्ध छ- जहाँ पुुुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि । यसबाट के बुझन्िछ भने समाज र साहित्य मानवजीवनका लागि अभिन्न पक्ष हुन् । यिनीहरूको सम्बन्ध जहिले पनि नङ र मासुको जस्तै हुन्छ । जीवन र जगत्का भोगाइ, अनुभूति पोख्ने माध्यम साहित्य हो । साहित्यमा समाजका विसङ्गत्रि्रति तीक्ष्ण व्यङ्गय गरिएको हुन्छ र सुधारको अपेक्षा गरिएको हुन्छ । त्यसैले साहित्यले समाजको ऐना भई सही मार्गनिर्देश गरेको हुन्छ ।
Read Full Discussion Thread for this article