Posted by: sayapatri December 9, 2006
ब्याकुल माईला र नया राष्ट्रिय गीत
Login in to Rate this Post:     0       ?        
गीत राम्रो छ । मेरो विचारमा अल्ली हलुको भयो कि जस्तो लाग्यो । एक पटक ब्याकुलजीले यो गीत लाई देशभक्तिले मुटु उचाल्ने , रगत तताउने र नेपालका शत्रु तर्शाउने किसिमका गहिरा शब्दहरु राख्नु पर्‍यो जस्तो लाग्यो । अझै पनि समय छ । मैले सुनेको थिए, २०१५ साल तिर को कुरा हो, नयाँ दिल्ली ले अ_म्ब्_र गुरुङ्ले गाएको नेपालको एउटा राष्ट्रिय गीत बजाउन रोक लगाएको थियो । त्यस्को मुल कारण थियो ईन्डियाका नेपाली हरु लाई त्यो गीत ले भावनात्मक बनाइदिएको थियो, हामी नेपाली एक हुनुपर्छ भन्ने गरी रगत तताएको थियो । राष्ट्रिय गीत एक जना कै रचना हुनु पर्छ भन्ने केही छैन । त्यस्लाई परिमर्जीत गर्न हिच्किछौंउ हुँदैन । त्यति_का १००० गीत सार्वजनिक गरेको भए सर्बसाधारण जनता ले पनि भोटिङ गर्न पाउने थिए । के एक जना को रचना को एउटा हरफ आर्को रचनकार को आर्को हरफ सँग पनि त मिलाउन सक्इन्छ नि । यो गीत कता कता बाल कार्यक्रम मा प्रथम भएको कबिता जस्तो लागेको छ मलाई । यो मेरो ब्यक्तिगत बिचार हो । अलिकति ब्याकुलजी ले यो गीत लाई मान्छे जुर्मुराउने गहिरा शब्द ले परिमर्जीत गरिदिनु भए राम्रो हुन्थ्यो कि ।
Read Full Discussion Thread for this article