Posted by: shirish December 9, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गजल श्रेष्ठ प्रिया '…पत्थर' माया-प्रिती जसलाई हुन्छ तिमी गाँस है व्यथाजति मलाई दिई, खुसी साँच है । मेरो आयु लागोस् तिमीलाई, मेरो आशीष हो, मर्नु परे मै मरुँला, तिमी बाँच है । जहाँजहाँ हिंड्छौ तिमी, फूलैफूल होस्, उत्साह र उमङ्गले, सधैँ नाच है । कोही आउलान् मीठा-मीठा शब्द बिछ्याउँदै मुटु पनि बिछ्याउँछन् कि, तिमी जाँच है । दुख्नु परे मै दुखुँला, रुनु परे रुँला, मेरो आँसु म मै रहोस्, तिमी हाँस है । कैलाली http://www.gorkhapatra.org.np/mag.php?p=madhupark/2063/08/inner/inner19
Read Full Discussion Thread for this article