Posted by: s.sigdel December 6, 2006
what happen if Prachanda is killed by..
Login in to Rate this Post:     0       ?        
कमरेड प्रचन्डलाई सिनेमा हेर्नमा अभिरूची छ भन्ने पहिले पनि कतै पढेको थिएँ तर थाहा थिएन उहाँ एकदम मस्त मुभी वफ हुनुहुन्छ भन्ने कुरो । पवनकलीसँगको कुराकानीकै बेलामा प्रचन्डजीले फुस्काउनु भएछ यो कुरा । पवनकलीले सोधेकी थिईन रे, तपाँईले हालसालै हेर्नु भएको सिनेमा कुन चाँही हो भन्दा, चेयरमेनले भन्नु भएछ, “रँग दे बसन्ती”। यहाँ जापानमा पनि हिन्दी सिनेमा हेर्न नपाईने होईन तर ब्यस्तताका कारण समय निकाल्न नसकिएको हो । त्यसमा आमिर भाई त आफ्नो फेवरिट भई हालियो, नहेरी त कुनै हालतमा छोडीन्न- बस टाईमको कुरा हो । यध्यपि,”रँग दे बसन्ती”को कथा-वस्तु र ब्यापारीक सफलताका सँबन्धमा भने लामा-लामा समिक्षाहरु भने पढियो । त्यसैको आधारमा हेर्दा प्रचन्डजीले कलाकारहरुलाई पनि एउटा राम्रो सुझाव दिएको देखिन्छ-कस्तो सिनेमा नेपालीहरुले बनाउनु पर्छभनेर।
Read Full Discussion Thread for this article