Posted by: Rahuldai December 6, 2006
ब्याकुल माईला र नया राष्ट्रिय गीत
Login in to Rate this Post:     0       ?        
HI_nanu जी यहाँ निर म तपाईं सित सहमत हुन सकिन है । कुरो माइला, ठाइलाक होइन । कुरो इमान्दरिताको हो । राम्रो रचना थियो , छनौट भयो, यसमा नि शंका छैन ।कुरो नेताको भए ल ठीक छ, बेइमान हरु कै रजाइ छ भनुं । मामला राष्ट्रीय गान र साहित्यको पर्‍यो । यहाँ इमान को कुरो उठ्नु, यहाँ मुल्य र मान्याताको कुरो,अनी नियत को कुरो उठ्नु स्वाभाबिक लाग्छ मलाई । २-४ जना साहित्य क्षेत्रका धुपौरेहरु छाडेर, कबि-साहित्यकार् हरु इमानदारिको खेती गरेर नाम खान्छन्, आस्थाको निंद्रा सुत्छन्, अनि भावनामा जिन्दगी लाइ सजाउन्छन । केही समय अघी मात्र राजाको चातुकारीतामा प्रसस्त मसी खर्चिने माइला रातारात क्रान्तिकारी हुन्छन भने सन्देह को दृष्टिले हेरिनु पनि पर्दछ । त्यसको अर्थ यो होइन कि ब्याकुल माइलको रचनाको सम्मान गर्नै हुँदैन । अन्तिम निर्ण गर्नु अघी यावत कुरा म बिचार गर्नु मनासिब जस्तो लाग्छ । युग युग सम्म रही रहने रचना बिबाद मुक्त हुनै पर्छ । नत्र अरु पनि छन हाम्रो देश मा भजन गाउने द्लालहरु, चित्त दुखाउलान फेरी । अस्तु!
Read Full Discussion Thread for this article