Posted by: Poonte December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
चित्रे, १६ बर्ष हुँदा खेरि को कि १६ बर्ष पहिलेको? १६ बर्ष पहिले त अमरिकाँ खुट्टा टेकि सकेथेम् के रे, काँर पाटने लभ सभको कथा भनौं? १६ बर्ष हुँदो चईं लाईन मार्न लटरम्मै केटीहुर भ'को स्कुल बस पछि पछि खुब साईकल कुदाईन्थ्यो, हुन पनि पाटन कै स्कुल त्यो नि फेरि! एक दिन चईं उनेरुको बस पछाडि देखियो, तो बस भन्दा अगाडि "ऊनी" उत्रने बस स्टप नेर पुगेर ढुक्ने दाऊँ हान्नलाई पछि पछि हेर्दै साईकल बेपत्तै हुईंकाईयो। रानी पोखरि नेर हुँदो हो, पछाडि हेर्दै थेम्, अगाडिको ट्याम्पुलाई ड्याम्मै ठोक्दिम्। बस स्टप चाँडो पुग्नि सारा सपना नयाँ कोरियन साईकलको त्रिपटले चौपट! साईकल बोकेर घर जाने कुरो आएन, अनि असन पसिम्, साईकल रिपेयर पसलाँ। आखिर उसको बस स्टप पुग्ने ट्याममा त रातीको खाना साना खाएर सिरियल हेर्दै थिन् होली! :D
Read Full Discussion Thread for this article