Posted by: Poonte December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
LOL सुन्या हो, धामी काईंला? हान्दिन्छम् हामी सबै गाम्लेहुर मिलेर फेरि! यसै त जतिखेर नि काम्नि हाँरो धामी काईंला, अब हान्दिनि कुरो सुनेर त झनै एक्सप्रेस काम्नि होला। अगि सम्म थर थर काम्नि, अब त थर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रररररररररर! :p पिरती बुईनीको कथा पढेर हाँरो नजिकै को स्याङ्जाली बन्धुले अस्ति न तास खेल्दा गा'को गीत याद आयो के: ६ ईन्चीको हिल लाईछौ बेसन, चिन्नै नसक्नि आएछ फेसन! साँच्चै बरु, बेलाँ बुद्धि आइन छ के रे, नत्र दुलहीलाई कुनाँ बाँधेर आफैं दुलही बनेर डोली चढ्या भे त धुलिखेल सम्म आईपुग्थ्यो कि? अनि त्याँट ट्याउसि चढेर टाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽप "दुलही"! हुन त तो पिन्सिल हिललाई हाताँ बोकेर हिँड्दा नि हुँदो के रे, तर फेरि खुट्टाँ लाउनि कुरो हाताँ लाउनि कस्तो आईच फेसन भनेर गीत गाउलान् अरुले भन्ने पिर परो होला! खाना त जसो तसो खाईदिए हुन्थो के रे, पाउना भे'र गएसि। एक छाक मीठो-नमीठो, फोहोर-सोहोर भएनि खाँदा ज्यानै त जान्न थो होला नि! कठै, उनेरुले नि नमीठो, फोहोरै ख्वाउँछम् जन्तीलाई भनेर तेस्तो त गरेका होईनन् होला के रे, जे छ, जे भ्याउँछन्, जसरी जान्या छन्, तेई गरे होलान् नि!
Read Full Discussion Thread for this article