Posted by: Deep December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
समाह चलेको सुन्दै कुलै कुलो तेर्सिदै थ्यो टेके। बादलको सिरक ओडेर गुटुमुटु सुतेको थ्यो आकास् जुन ताराहरु सङै। अस्ति पानीले भिजे देखि टेकेको साइको ५ लाइ रुघा लागिरथ्यो र घरमै थ्यो। कति बज्यो कति उ एक्लै भुत्भुतायो --- गोठ तिर एक्कै छिन् पुगेर आउनु पर्यो भन्दै थ्यो पानी कुलोमा घटेको जस्तो लाग्यो उस्लाइ --- कुन् चै हैजाले लान नसक्याले पानी मार्यो फेरी --- चार गरा जति अरु बाँकि नै छ आफ्नो ---घुम भित्र ज्यान् राखेर टेके भोर्ले खोलो तिर फतफताउँदै गह्रौ पाइला चाल्न थाल्यो – त्यो खोलाँ टेकेलाइ पैलै पनि दुइ तीन् चोटी तर्साइ सक्याथ्यो --- अस्ती त यत्रा यत्रा भैसि बसि रा रान् त्याँ खोल्साँ आधा राताँ सम्झिदै टेक्या ज्यान् सिरिङ्ग भो --- फेरी नजिकै पुग्दा एउटै भैसि थिएनन् खोलाँ ढुङ्गा मात्रै --- उस्लाइ तीँ ज्वोरो आउला जस्तो भैसक्याथ्यो --- टेकेले दरो सङ्ग टर्च समात्यो --- सकि नसकि बल्दै गर्या टर्च लाइ झट्कार्दै टेके बोल्यो – येइ बेलाँ कुइया बेटरी सिध्धिन लायो फेरी --- गीत् गाउदै हिनम् कि भनेर गाउनै आँट्याथ्यो फेरि जाना जान् भुतलाइ म आउदैछु लौ आइलाग् म माथि भन्या जस्तो हुनि हो कि भनेर हच्कियो --- पानी कुलोमा निक्कै घटिसक्याथ्यो --- खोलो तिर नगै सुखै थिएन – जाँदैथ्यो ढक्क छाती फुल्यो टेक्या --- राम् राम् राम्! सेतो एउटा मान्छे जस्तो के हो त खोलो पारी ठिङ्ग उभिराछ बा! आँखा चिम्लियो डरले र भटा भट दुइ चार् वटा देउ देउता बोलायो अनि परेवाको भाकल हाट डाँडाकि देविलाइ राखेर यस्सो आँखा खोल्या त खोल्सो पारी कोइ छैन --- खोल्सो भने गड्गडाकैथ्यो --- अलिकति सास् आयो टेक्या – खोलाँ पुघ्नु अघीको घुम्ती लिएर टेके यस्सो के अगाडी बढ्याथ्यो अघिको सेते भूत त झ्वास झ्वासती अफ्नै अगाडी – टेके चिच्यायो --- भूत पनि – कोलाहल् भो एक् छिन् त--- भुत् भन्या त हस्ते र छ – बर्खी बारीरथ्यो हस्तेले --चिन्जान् भो – यत्रो ढुङ्गो ले कुलो लडाछ --- टेकेले काधाँ बोक्या कोदालो ले छ सात चपरी काटेर कस्यो कुलो। "काँ पुगेर मरीस् ए हस्ते यो रातीहुँदी एक्लै ---?" टेके ले मत्थर् हुदै गर्या मुटु प्रति सन्तोस् गर्दै सोध्यो। "काँ हुन्थ्यो तेइ गैराको पुर्नेकाँ -- एक्लै त के अब रामरी गैगो माथ्लो बाटो" -- जवाफ् दियो हस्तेले। "को गयो अरे रामरी माथ्लो बाटो?" टेकेले बुझेन। "रामरी हौ --- रामरी गयो क्या माथ्लो बाटो—"हस्तेले बुझाउन खोज्यो। “तेइ त को रामरी गयो?" टेके ले अझै बुझेन – "हत्तेरिका! रामरी हौ पन्डितको भानिज् – बराल क्या—बुझायो हस्ते ले। "ए --- अनि रामहरी भन्नु पर्छ नी त” बुझ्यो टेके ले नी। “तेइ त रामरी त भन्दै थेँ त अघि देखि “ हस्ते नि अड्यो। "अनि को पुर्ने काँ गा? बुडाथोकि?" टेकेले सन्का गर्यो। ‘हो” हस्तेले पक्का गर्द्यो। "त्याँ त आज धामी बस्या थ्यो क्यारे नी हैन? उता जोर् डाँडाको नामी धामी बोलाइरथे भन्या सुन्या थेँ” टेके लाइ नि थाहथ्यो। "अँ, धामी त नामी रे – दुइ जना सघाउने त उसैले लेर आइरथ्यो।" हस्ते ले भन्यो। "त्यो धामीलाइ त पैला केटाकेटीमा बन्झाँक्रीले लग्या अरे – तिन् मैना राखेर के के सिकार पठा रे भन्थे – दुइ तिन् बर्ख त बोलेन रे त्यो त – अचेल् त दरो धामी भैगो नी --- अझै जान्छ रे ओडार् हुँदी भन्ने सुन्या हो मैले त ---" टेके ले आफुले सुनको कुरो गर्यो। दुइ जनै कुरो गर्दै कुलै कुलो ओर्लिए। “सुन्या त मैले नी तेस्तै हो --- कस्तो काम्दो र छ हौ त्यो धामी त – आमामामा --- घरै बुरुक बुरुक पारो अनि एउटा त गजै भाँचो हौ ढ्याङ्रो ठोकदा ठोक्दै---ठ्याङ्रो नी कत्रो थ्यो फेरी तेस्का बाउको टाउको—धन्न अर्को नी ल्या रे छ गजा र फेरि ठटाउन थालो --- अन्त ठटाउँदा ठटाउँदै कपालको गुजुल्टो निकाल्यो – " गुजुल्टो निकालो अरे? टेके जोस्सियो। "अनि के त?" हस्तेले थप्यो। भैसिलाइ तेइ कागती खर्कको डन्किनीको छया पर्या रे भन्थ्यो --- तेइ गुजुल्टो बाट तानेर निकाल्दिन्छु तर थान्मा लगेर ऐलेइ एउटा बोका र भाले रेटी हाल्नु भनो कि अनि तेल्ले ल्या मान्छे ले पुर्न्या घराट बोका र भाले लिएर कुदे कगति खर्क तिर– पुर्न्या भाइ के कुले --हो कुले नी गयो सङ् सङै ----- धामी ले त जोड चर्तिकला गरो हौ राती—हस्तेले सानो बयान् गर्यो घटनाको। “ "तान्यो त डन्किनीलाइ त्यो गुजुल्टो बाट?" टेके निक्कै उत्साहित् भो – "तान्छु भनेर त काम्दै उफ्रया उफ्रै थ्यो त भन्दै छु त ---" हस्तेले थप्यो। "अनि किन हिन्या त तँ बिचैमा?" टेके छक्क पर्यो। “अब धामीलाई हान्नी भन्दैथे ---भैसि मरी सके छ गोठाँ अनि अनि साछीमा पर्न के बसि रनु त नी?” हस्तेले बिसायो।
Read Full Discussion Thread for this article